आइतबार, असार २१, २०८३

काठमाडौं टिम च्याम्पियनसिपको उपाधि टेलिकमलाई

शुक्रबार सम्पन्न काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) को उपाधि नेपाल टेलिकमले जितेको छ।
 |  शुक्रबार, पुस ९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ९, २०७८

काठमाडौं- शुक्रबार सम्पन्न काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) को उपाधि नेपाल टेलिकमले जितेको छ।

काठमाडौं ब्याडमिन्टन एकेडेमीको आयोजनामा पहिलो पटक भएको च्याम्पियनसिप फाइनलको पहिलो खेलको पुरुष एकलमा टेलिकमका रत्नजित तामाङ्गले सिल्क ग्रुपका बिकास श्रेष्ठमाथि २१–१८, २१–१३ को जित निकाल्दै टेलीकमलाई १–० को अग्रता दिलाए।

दोश्रो खेलमा सिल्ककी अनुमाया राई टेलीकमकी सिमा राजवंशीमाथि हावी भइन्। राईले सिमालाई २१–१४, २१–१५ को जित निकाल्दै खेललाई एक एकको बराबरीमा ल्याइन्।

तेश्रो खेलमा कर्पोरेट पुरुष युगल खेलमा टेलिकमका सुरेन्द्र सिंह कार्की र हरिकृष्णन शर्माको जोडीले सिल्कका सुबास अधिकारी र रमेश शेर्पाको जोडीलाई २१–१२, २१–५ ले जित निकाल्दै खेललाई २–१ को अवस्थामा पुर्‍याए।

चौथो खेलमा महिला युगलको खेलमा टेलिकमकी सिमा राजवंशीको घुँडामा चोट बल्झे पछि रिटायर्ड हर्ट भई खेल छोडेपछि परिणाम २–२ को अवस्थामा पुग्यो। तर अन्तिम तथा निर्णायक खेल पुरुष युगलमा सिल्कका रमेश शेर्पा र बिकास श्रेष्ठको जोडी तथा टेलिकमका हरि कृष्णन शर्मा र रत्नजित तामाङ्गबीच भएको खेलमा पहिलो गेम रत्न र हरिकृष्णनले २१–१७ ले जित्दै टिमलाई १–० को अग्रता दिलाए। दोश्रो गेम पनि २२–२० ले जित्दै २–० का साथ उपाधिमाथि आधिपत्य जमाए।

कुमारी बैंकको मुख्य प्रायोजन रहेको च्याम्पियनसिपका विजयी टिमले १५ केजीको ८ लाख बराबरको चाँदीको चार सटल रहेको रनिङ्ग ट्रफीका साथ मेडल र गिफ्ट ह्याम्पर प्राप्त गरे।

विजयी टिम तथा खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका सचिव रामजी बहादुर श्रेष्ठ लगायतले ट्रफी, मेडल, प्रमाणपत्रका साथै गिफ्ट ह्याम्पर प्रदान गरे।

प्रकाशित: Dec 24, 2021| 20:33 शुक्रबार, पुस ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।