ढाका- बंगलादेशमा यात्रुवाहक डुंगामा आगलागी हुँदा कम्तीमा ३९ जनाको ज्यान गएको छ। घटनामा परेर झन्डै १०० जना घाइते भएका छन्।
सुगन्धा नदीमा गुडिरहेको तीन तले डुंगामा आगो लाग्दा कैयौँ यात्री नदीमा हामफालेको झालकोटी जिल्लाका अतिरिक्त प्रहरी उपरीक्षक मोइनुल हकले बताएका छन्।
उनले भने, ‘मृतकको संख्या बढ्न सक्ने अनुमान छ। धेरैजसोको मृत्यु आगोले जलेर भएको छ भने केही आगलागी भयो भनेर पानीमा हाम फाल्दा डुबेर मरेका छन्।’ डुंगामा ५०० जना यात्रु रहेको बताइएको छ।