मंगलबार, भदौ २, २०८३

भोकको आगोले गिट्टी कुट्न बाध्य मुगुका महिला

यो दैनिक उनीहरूको अहिले मात्रै होइन। के जाडो के गर्मी, हरेक मौसममा उनीहरू उज्यालो हुँदासम्म गिट्टी कुट्न थालिहाल्छन्। यही कामबाट उनीहरूले वर्षौदेखि परिवार पालिरहेका छन्।
 |  शनिबार, पुस १०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस १०, २०७८

मुगु- पुसको चिसो। घरबाहिर निस्कनै पनि हतपत जागर चल्दैन। तर, मुगु छायाँनाथ रारा नगरपालिका-५ ढुमगाउँका दलित महिला बिहान उज्यालो हुँदा नहुँदै हातमा हथौडा, टाउकोमा रुमाल, मुखमा मास्क लगाएर घरबाट निस्कन्छन्।

यो दैनिक उनीहरूको अहिले मात्रै होइन। के जाडो के गर्मी, हरेक मौसममा उनीहरू उज्यालो हुँदासम्म गिट्टी कुट्न थालिहाल्छन्। यही कामबाट उनीहरूले वर्षौदेखि परिवार पालिरहेका छन्।  

ढुमगाउँकी रन्नदेवी विकलाई बिहान उठ्ने बित्तिकै आज कुन ठाउँ जाउ, के गरु, के खाऔँ, के लाऔँ भन्ने चिन्ता हुँदैन। सिर्फ चिन्ता हुन्छ त गिट्टी कति कुट्ने भन्ने मात्रै।तर पनि बर्षौदेखि उनी यही काम गर्न बाध्य छन्। यस्तो बाध्यता रन्नादेवीलाई मात्रै होइन मुगुका अधिकांश दलित महिला ढुंगा फुटाएर घर परिवार चलाइरहेका छन्।  

विशेषगरी छायाँनाथ रारा नगरपालिकाको थार्प, रुगा, लुम, ढुम, तलितुमलगायत गाउँका दलित महिलाको जीवन धान्ने माध्यम गिट्टी कुटान बनिरहेको छ। छायाँनाथ रारा नगरपालिका-५ की २६ वर्षीया रामति कामी घरबाट बिहानै निस्केर बेलुका अबेर मात्रै फर्किन्छिन्।

उनी सदरमुकाम गमगढी बजार आसपास गिट्टी फोड्ने गर्छिन्।कामीले भनिन्, ‘गिट्टी कुटेर मासिक १० हजारसम्म आम्दानी हुने गर्छ। यही आम्दानीले घर खर्च, छोराछोरीको पठनपाठन गरिरहेकी छु।’ उनले गिट्टी कुट्न लागेको करिब १० वर्ष भइसकेको बताइन्।

४० वर्षीया रन्नदेवि विकले श्रीमानले पनिसँगै गिट्टी कुट्ने गरेको बताइन्। ‘हाम्रो रोजगारी भनेकै यही हो। श्रीमानश्रीमतीले गिट्टी कुट्दा महिनाको २० हजार रुपैयाँसम्म कमाइ हुन्छ,’ उनका श्रीमान नारायण सिंह कामीले भने।

बालमन्दिर आधारभुत विद्यालय चैन गाउँमा कक्षा ३ मा अध्ययनरत ११ वर्षीया बालिका भैपुरा कामी आमाकाकीसँगै गिट्टी कुट्न बजारमा पुग्छिन्। उनी पनि रहरले गिट्टी कुटन आएकी होइनन्। पढाई खर्चको जोहो गर्न आएको बताइन्। उनले कापीकलम किन्ने पैसा गिट्टी कुटेरै जोहो गरेको बताइन्। घरबाट गिट्टी कुट्न निस्कदा हथौडा बोकेर निस्कुन्छु तर साथीहरू किताबकापी, झोला बोकेर विद्यालयतर्फ निस्कन्छन्। त्यो देखेर आशु झर्ने गरेको उनले सुनाइन्।    

मुगुका अधिकांश बेरोजगार युवती र महिला घर खर्च चलाउन निजी र सरकारी भवन निर्माणमा सामेल हुँदै आएका छन्। तर, काम गरे अनुसारको पारिश्रमिक नपाएको उनीहरूको गुनासो छ। घर चलाउनका लागि उनीहरू न्यून पारिश्रमिकमै भए पिन काम गर्न बाध्य छन्।

निर्माणको काममा महिलालाई न्यून पारिश्रमिक दिने गरेको उनीहरूको दुखेसो छ। महिलाले एक कट्टा गिट्टीको ५० देखि ६० रुपैयाँ मात्र पाउँछन्। उनीहरूले दिनभरिमा बढीमा तीन कट्टा गिट्टी कुट्छन्।   -न्युज कारखाना     

प्रकाशित: Dec 25, 2021| 07:35 शनिबार, पुस १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।