आइतबार, असार २१, २०८३

एसीसी एसिया कप : बंगलादेशसँग नेपाल १५४ रनले पराजित

टस हारेर सुरुआति फिल्डिङ गरेको नेपालका तिलक भण्डारी र मोहाम्मद आदिल आलमले एक–एक विकेट लिए। त्यसक्रममा बंगलादेशका महफिजुल स्लामले १७ रन बनाए भने इफ्तखर हुसैनले २१ रन जोडे।
 |  शुक्रबार, पुस ९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ९, २०७८

काठमाडौं– यूएईमा जारी यू-१९ एसिया कप क्रिकेटमा बंगलादेशसँग नेपालले १५४ रनको हार व्यहोरेको छ। सारजाह रंशालामा २९८ रनको लक्ष्य पाएको नेपालले दोस्रो पारीमा ४२ ओभर तीन बल खेल्दै सम्पूर्ण विकेट गुमाएर १४३ रनमा समेटिएपछि १५४ रनको हार खेपेको हो।

टस हारेर सुरुआति फिल्डिङ गरेको नेपालका तिलक भण्डारी र मोहाम्मद आदिल आलमले एक–एक विकेट लिए। त्यसक्रममा बंगलादेशका महफिजुल स्लामले १७ रन बनाए भने इफ्तखर हुसैनले २१ रन जोडे।

त्यस्तै, प्रन्तिक वोरिस नविलले सतकिय पारी खेले। उनले १२७ रन बनाउँदा एइच मोल्हले २२ रन जोडे। त्यस्तै ५८ रन बनाएका मोहम्मद फैहिम रियायर्ड आउट भएका छन्।

जवाफी ब्याटिङमा नेपालले खराव सुरुआत गर्दै २३ रनमै तीन विकेट गुमाएको थियो। कप्तान देव खनालले १२ रन बनाए भने विवेक मगरले ३३ रन बनाए। अर्जुन साउदले १५ र विवेक यादवले २६ रन बनाए।

त्यस्तै, गुल्सन झाले सर्वाधिक ३५ रन बनाएका छन्। बलिङतर्फ बंगलादेशका तान्जिम हसन सकिब, रकिबुल हसन, एसएम मेहेरोब र नौमुर रोहमनले समान २–२ विकेट लिए।

प्रकाशित: Dec 24, 2021| 20:59 शुक्रबार, पुस ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।