काठमाडौं– यूएईमा जारी यू-१९ एसिया कप क्रिकेटमा बंगलादेशसँग नेपालले १५४ रनको हार व्यहोरेको छ। सारजाह रंशालामा २९८ रनको लक्ष्य पाएको नेपालले दोस्रो पारीमा ४२ ओभर तीन बल खेल्दै सम्पूर्ण विकेट गुमाएर १४३ रनमा समेटिएपछि १५४ रनको हार खेपेको हो।
टस हारेर सुरुआति फिल्डिङ गरेको नेपालका तिलक भण्डारी र मोहाम्मद आदिल आलमले एक–एक विकेट लिए। त्यसक्रममा बंगलादेशका महफिजुल स्लामले १७ रन बनाए भने इफ्तखर हुसैनले २१ रन जोडे।
त्यस्तै, प्रन्तिक वोरिस नविलले सतकिय पारी खेले। उनले १२७ रन बनाउँदा एइच मोल्हले २२ रन जोडे। त्यस्तै ५८ रन बनाएका मोहम्मद फैहिम रियायर्ड आउट भएका छन्।
जवाफी ब्याटिङमा नेपालले खराव सुरुआत गर्दै २३ रनमै तीन विकेट गुमाएको थियो। कप्तान देव खनालले १२ रन बनाए भने विवेक मगरले ३३ रन बनाए। अर्जुन साउदले १५ र विवेक यादवले २६ रन बनाए।
त्यस्तै, गुल्सन झाले सर्वाधिक ३५ रन बनाएका छन्। बलिङतर्फ बंगलादेशका तान्जिम हसन सकिब, रकिबुल हसन, एसएम मेहेरोब र नौमुर रोहमनले समान २–२ विकेट लिए।