मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जगदुल्ला जलविद्युतको टेस्ट अडिट टनेलको प्रगति ८० प्रतिशत सम्पन्न

जगदुल्ला जलविद्युतको टेस्ट अडिट टनेलको प्रगति ८० प्रतिशत सम्पन्न

आयोजनाको विद्युत् उत्पादन गृहमा थप भौगर्भिक अध्ययन कार्यको लागि निर्माण गरिरहेको टेष्ट अडिट टनेलको प्रगति ८० प्रतिशत सम्पन्न गरिसकेको योजनाका निमित्त कार्यकारी प्रमुख सञ्जय सापकोटाले बताए।
 |  शनिबार, पुस १०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस १०, २०७८

जाजरकोट- स्वदेशी लगानीमा निर्माण कार्य सुरु गर्न लागिएको जगदुल्ला जलविद्युत् आयोजना १०६ मेगावाटको ट्रस्ट अडिट टनेलको काम पुस मसान्तसम्ममा सम्पन्न हुने आयोजनाले जनाएको छ। 

आयोजनाको विद्युत् उत्पादन  गृहमा थप भौगर्भिक अध्ययन कार्यको लागि निर्माण गरिरहेको टेष्ट अडिट टनेलको प्रगति ८० प्रतिशत सम्पन्न गरिसकेको योजनाका निमित्त कार्यकारी प्रमुख सञ्जय सापकोटाले बताए। 

कुल ४०० मिटर लम्बाइ रहेको नमुना परीक्षण सुरुङमा ३२० मिटर खन्ने काम  सम्पन्न भएको छ। जाजरकोट-डोल्पा (भेरी करिडोर) सडकखण्डअन्तर्गत जोडिएको त्रिवेणीदेखि जगदुल्ला गाउँपालिका-१ र २ मा पर्ने काइगाउँ ४५ किलोमिटर सडक खण्डलाई  ६ महिनाभित्र सडक निर्माण गर्ने लक्ष्य रहेको आयोजनाका निमित्त कार्यकारी प्रमुख सञ्जय सापकोटाले बताए।

आयोजना निर्माण स्थलमा रहेको २६० रोपनी जग्गा अधिग्रहण गरी मुआब्जासमेत वितरण भइसकेको छ। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को कामसमेत सम्पन्न भएको छ। आयोजना निर्माणका लागि २० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको  सापकोटाले बताए। 

आयोजनाको वातावरणीय अध्ययन कार्यको प्रतिवेदन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत गरि त्यसको सार्वजनिक सुनवाइ बाधस्थल (जगदुल्ला गाउपलिका–४ माझगाउ), सुक्खा तटीयक्षेत्र (मुड्केचुला गाउँपालिका–६ नर्कु) र विद्युत् गृहस्थल (मुड्केचुला गाउँपालिका–४ ईल) मा पौष २,४ र ६ सार्वजानिक सुनुवाइ गरिसकेको छ। आयोजनाको वातावणीय अध्ययनको मस्यौदा प्रतिवेदन माघ महिना भित्र पेस गरी चैतभित्र वातावणीय अध्ययनको अन्तिम प्रतिवेदन स्वीकृत गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ। 

आयोजनाको विद्युत् उत्पादन गृह इलमा अहिले टेष्ट अडिट टनेलको काम र कार्यालय तथा आवास व्यवस्थापन लागि दुइवटा भवन निर्माण गरिएका छन। विद्युत खरिद बिक्री तथा सम्झौताको कामका लागि आवश्यक सहकार्य काम जारी छ।   -न्युजकारखाना

प्रकाशित: Dec 25, 2021| 08:20 शनिबार, पुस १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।