कर्णाली प्रदेश सरकारले मध्यपश्चिम विश्वविद्यालयलाई १० करोड रकम उपलव्ध गराउने भनेर घोषणा गरे पनि नौ महिनासम्म घुमाएर उपलब्ध नगराएको उपकुलपति प्रा. डा.नन्दबहादुर सिंहले बताएका छन्।
स्वास्थ्य सेवा विभागका अनुसार तत्कालका लागि मिर्गौला, क्यान्सर, मुटु, एचआइभी जस्ता रोग प्रतिरोधी क्षमता कमजोर भएका व्यक्तिलाई अतिरिक्त मात्रा दिनका लागि निर्देशन दिइएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ५०० कायम भएको छ जसको मूल्य सोमबार प्रतितोला ९२ हजार ७०० तोकिएको थियो।
सनराइज बैंक लिमिटेडले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गर्दै आएको छ।
एउटा बाबु, अझै पनि छोरो फर्केर आउँछ कि भन्ने कल्पनामा बसिरहेको छ। छोरो त फर्केर आएन आएन। तर छोराले बोकेको विचार कसरी छाड्न सक्थ्यो र एउटा बाबुले? उनी लगातार लागिपरिहेकै...
पक्राउ पर्नेमा साविक गौश्वारा गाविस-७ र हाल दोरम्बा शैलुङ गाउँपालिका-४ का ५८ वर्षीय होमबहादुर थापामगर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानाले बताए।
आगजनीबाट पाँचवटै पसलभित्र रहेका विभिन्न खाद्यान्न, कुर्सी, बेञ्च, टेबुल, फ्रिज, भाँडाकुँडा, ग्यास सिलिण्डर, चुल्हा र घरसमेत जलेर पाँच लाख बढीको क्षति भएको पसलेहरूले बताएका छन्।
चेकजाँचको क्रममा जिल्लाको चुरे गाउँपालिका-५, बेल्चापलानबाट जिपको सिटमुनी लुकाइ राखेको अवस्थामा चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए।
जिल्लाको सिगास गाउँपालिका-८ का ५५ वर्षीय कटक बोहराको हत्यामा संलग्न रहेको आरोपमा सिगास गाउँपालिका वडा नम्बर ७ का ३० वर्षीय रमेशसिंह ऐरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
मंगलबार दिनभर छलफल हुने र छलफलको निष्कर्ष भोलिको बैठकमा २५ वटै समूहले पेश गर्ने कार्यतालिका रहेको महाधिवेशन अध्यक्ष मण्डलका नेता कृष्णबहादुर महराले जानकारी दिए।