शुक्रबार, असोज १६, २०८३

सनराइज बैंकको ३ शाखारहित बैंकिङ सेवा बिस्तार

सनराइज बैंक लिमिटेडले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गर्दै आएको छ।
 |  मंगलबार, पुस १३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १३, २०७८

काठमाडौं– सनराइज बैंक लिमिटेडले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गर्दै आएको छ। पुस ११ गते बैंकले प्रदेश १, उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नं. १० हडियामा ८३ औं शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ। 

साथै मंसिर २३ मा बैंकले प्रदेश १, सुनसरी जिल्लाको दुहबी नगरपालिका वडा नं.८ जुटमिल चोकमा ८१ औं शाखारहित र मंसिर २९ बुधबार बैंकले सुदूरपश्चिम प्रदेश, कैलाली जिल्लाको भजनी नगरपालिका वडा नं. ४ खैलाडमा ८२ औं शाखारहित बंैकिङ सेवा शुभारम्भ गरेको थियो। उक्त शाखारहित बैंकिङ सेवाहरु संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ संख्या ८३ पुगेको छ। बैंकले सेवा सञ्चालनका लागि जुटमिल चोकका अमन कुमार शाह, खैलाडका स्थानीय व्यवसायी जितेन्द्र चौधरी र हडियाका तारानाथ पौडेललाई व्यवसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ ।

सो शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ।


प्रकाशित: Dec 28, 2021| 11:55 मंगलबार, पुस १३, २०७८
प्रतिक्रिया दिनुहोस्