शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • डिजिटल इकोसिस्टम विस्तारका लागि नेपाल पेमेन्ट सोलुसन्स र समृद्धि फाइनान्सको सहकार्य

डिजिटल इकोसिस्टम विस्तारका लागि नेपाल पेमेन्ट सोलुसन्स र समृद्धि फाइनान्सको सहकार्य

नेपाल पेमेन्ट सोलुसन्सले आफ्नो डिजिटल इकोसिस्टम विस्तार गर्दै समृद्धि फाइनान्ससँग सहकार्यको लागि सम्झौता गरेको छ।
 |  मंगलबार, पुस १३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १३, २०७८

काठमाडौं– नेपाल पेमेन्ट सोलुसन्सले आफ्नो डिजिटल इकोसिस्टम विस्तार गर्दै समृद्धि फाइनान्ससँग सहकार्यको लागि सम्झौता गरेको छ।

नेपाल पेमेन्ट सोलुसन्स प्रालिको तर्फबाट प्रताप श्रेष्ठ, प्रमुख अनुभव अधिकारी र सिमन श्रेष्ठ, बिजनेस डेभलपमेन्ट मेनेजर तथा समृद्धि फाइनान्सको तर्फबाट टिका निधी लोहनी, प्रमुख कार्यकारी अधिकृत र बिनोद राज पौडेल, प्रमुख प्रबन्धकले आ–आफ्नो संस्थाको प्रतिनिधित्व गर्दै सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

सम्झौताको यो विस्तारसँगै नेपाल पेमेन्ट सोलुसन्सले समृद्धि फाइनान्ससँगै आफ्नो डिजिटल इकोसिस्टम विस्तार गर्न सक्नेछ। सँगै तिनीहरूले लेनदेन बैंकिङमा मूल क्षमताको लाभ उठाउन सक्छन्।

यस सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसन्सले समृद्धि फाइनान्ससँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब समृद्धि फाइनान्ससँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्ससको चेक आउट, वन लिन्क, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पूर्ण सेवाहरु उपयोग गर्न पाउनेछन्।


प्रकाशित: Dec 28, 2021| 11:53 मंगलबार, पुस १३, २०७८
प्रतिक्रिया दिनुहोस्