मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बझाङबाट धनगढीतर्फ आउँदै गरेको जिपबाट १६ किलो चरेस बरामद

बझाङबाट धनगढीतर्फ आउँदै गरेको जिपबाट १६ किलो चरेस बरामद

चेकजाँचको क्रममा जिल्लाको चुरे गाउँपालिका-५, बेल्चापलानबाट जिपको सिटमुनी लुकाइ राखेको अवस्थामा चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए।
 |  मंगलबार, पुस १३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १३, २०७८

धनगढी- धनगढी आउँदै गरेको जिपबाट १६ किलो चरेश बरामद भएको छ। बझाङबाट धनगढी आउँदै गरेको से१ज ७१८ नम्बरको जिपबाट प्रहरीले १६ किलो चरेश बरामद गरेको हो।

चेकजाँचको क्रममा जिल्लाको चुरे गाउँपालिका-५, बेल्चापलानबाट जिपको सिटमुनी लुकाइ राखेको अवस्थामा चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए। 

जिप चालक बझाङको बुङ्गल नगरपालिका-११, देउलीकोटका २८ वर्षीय वीर बोहरा र ४० वर्षीय गमीलाल बोहरासहित जिप र चरेश नियन्त्रणमा लिएको जोशीले बताए। उनले थप अनुसन्धान भइरहेको बताए।

प्रकाशित: Dec 28, 2021| 10:29 मंगलबार, पुस १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।