मंगलबार, भदौ २, २०८३

मृत भेटिएका बोहराको हत्या आरोपमा एक जना पक्राउ

जिल्लाको सिगास गाउँपालिका-८ का ५५ वर्षीय कटक बोहराको हत्यामा संलग्न रहेको आरोपमा सिगास गाउँपालिका वडा नम्बर ७ का ३० वर्षीय रमेशसिंह ऐरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
 |  मंगलबार, पुस १३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १३, २०७८

धनगढी- बैतडीमा मृत भेटिएका कटक बोहराको हत्या आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।जिल्लाको सिगास गाउँपालिका-८ का ५५ वर्षीय कटक बोहराको हत्यामा संलग्न रहेको आरोपमा सिगास गाउँपालिका वडा नम्बर ७ का ३० वर्षीय रमेशसिंह ऐरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। 

गत मंसिर १३ गते राति कालपोखरी मन्दिरको जात्रा हेर्न गएका बोहरा अर्कोदिन मृत फेला परेका थिए। मृतक बोहराको शरीरमा घाउचोट देखिएको भन्दै आफन्तले हत्याको आशंका गर्दै प्रहरीमा निवेदन दिएका थिए।

निवेदनपछि अनुसन्धान थालेको प्रहरीले घटना भएको भोलिपल्टबाट फरार रहेका ऐरलाई सोमबाट पक्राउ गरेको ईलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले बताए। 

ऐरले मंसिर १३ गते राति बोहरासँग विवाद भएको र सो बेला कुटपीट गरेको स्वीकार गरको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक शाहीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: Dec 28, 2021| 10:15 मंगलबार, पुस १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।