शुक्रबार, असोज १६, २०८३

सुर्खेतमा आईएमई लाइफ इन्स्योरेन्सको तालिम

आइएमई जीवन बीमा कम्पनी लिमिटेडले सुर्खेतमा एएमल सिएफटी तालिम सञ्चालन गरेको छ।
 |  मंगलबार, पुस १३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १३, २०७८

काठमाडौं– आइएमई जीवन बीमा कम्पनी लिमिटेडले सुर्खेतमा एएमल सिएफटी तालिम सञ्चालन गरेको छ।

कम्पनीले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश कार्यालय अन्तर्गत कार्यरत कर्मचारीको लागि सम्पत्ति शुद्धीकरण निवारण तथा आंतककारी कृयाकलापमा वित्तीय लगानी निवारणका सम्बन्धमा दुई दिने विस्तृत तालिम प्रदान गरेको हो।

तालिममा सम्पत्ति शुद्धीकरणको परिभाषा, कानूनी संरचना, सम्पति शुद्धीकरण निवारण किन गर्ने, सम्पति शुद्धीकरणको लक्ष्यहरु, आतंककारी कार्यबाट संकलित कालोधनलाई बीमा क्षेत्रको माध्यमले सेतो धन कसरी बनाइन्छ, खास कारोबारमा विशेष ध्यान दिनुपर्ने, वित्तीय जोखिमाङ्ककको चरण, कम्पनीको भूमिका, कारवाही तथा सजाय आदि विषयमा अन्डरराईटिङ प्रमुख सुदिप राणाले विस्तृत जानकारी दिएका थिए।


प्रकाशित: Dec 28, 2021| 13:24 मंगलबार, पुस १३, २०७८
प्रतिक्रिया दिनुहोस्