मंगलबार, भदौ २, २०८३

अज्ञात समूहद्वारा ५ पसलमा आगजनी

आगजनीबाट पाँचवटै पसलभित्र रहेका विभिन्न खाद्यान्न, कुर्सी, बेञ्च, टेबुल, फ्रिज, भाँडाकुँडा, ग्यास सिलिण्डर, चुल्हा र घरसमेत जलेर पाँच लाख बढीको क्षति भएको पसलेहरूले बताएका छन्।
 |  मंगलबार, पुस १३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १३, २०७८

महोत्तरी- महोत्तरी जिल्लाको एकडारा गाउँपालिका-३ भटौलिया बजारमा गए राति अज्ञात समूहले एकैसाथ पाँचवटा पसलमा आगजनी गरी लाखौँको क्षति पुर्‍याएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भटौलिया बजारमा स्थानीय रामएकवालको चिया पसल, राजकुमारी साहको खाजा पसल, योगेन्द्र साहको चिया पसल, शम्भु साहको खाजा पसल र मङ्गल साहको चिया पसलमा अज्ञात समूहले गए राति करिब ९ बजेको समयमा आगजनी गरेका छन्।

आगजनीबाट पाँचवटै पसलभित्र रहेका विभिन्न खाद्यान्न, कुर्सी, बेञ्च, टेबुल, फ्रिज, भाँडाकुँडा, ग्यास सिलिण्डर, चुल्हा र घरसमेत जलेर पाँच लाख बढीको क्षति भएको पसलेहरूले बताएका छन्।

पसलमा रातिको बेला कोही नभएको अवस्थामा आगजनी गरिएको थियो। आगो नियन्त्रणमा लिन नसक्दा सबैथोक जलेर नष्ट भई लाखौँको क्षति भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 28, 2021| 11:22 मंगलबार, पुस १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।