शुक्रबार, असोज १६, २०८३

सुनको भाउ २०० घट्यो, ९३ हजारमा कारोबार

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ५०० कायम भएको छ जसको मूल्य सोमबार प्रतितोला ९२ हजार ७०० तोकिएको थियो।
 |  मंगलबार, पुस १३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १३, २०७८

काठमाडौं- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २०० ले घटेर ९३ हजार तोकिएको छ। पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९३ हजार २०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ५०० कायम भएको छ जसको मूल्य सोमबार प्रतितोला ९२ हजार ७०० तोकिएको थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर एक हजार २६० पुगेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१२ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित: Dec 28, 2021| 12:21 मंगलबार, पुस १३, २०७८
प्रतिक्रिया दिनुहोस्