एमालेले संसद् निरन्तर अवरुद्ध पारिरहेका बेला प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका अध्यक्ष ओलीलाई भेट्न शनिबार बिहान उनकै निवास बालकोट पुगेका हुन्।
बलिउड फिल्महरू ‘सूर्यवंशी’, ‘८३’ सँगै थुप्रै साउथ इन्डियन फिल्ममा फाइनान्स गरेको अन्तर्राष्ट्रिय कम्पनी ‘ब्लूचिप इन्भेस्टमेन्ट’ ले नेपाली फिल्म बनाउन पनि इच्छा देखाएको छ।
चीनमा एउटा अनौठो घटना घटेको छ। चीनको युन्नान प्रान्तमा एक युवक ३३ वर्षपछि घर फर्किएका छन्। ली जिंगवेई नामक ती व्यक्ति चार वर्षको उमेरमा अपहरणमा परेका थिए।
राजबिराज नगरपालिका-१६ बोरीयास्थित नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालय पुगेका प्रजिअ जनार्दन गौतमले बालविवाह न्यूनीकरणमा विद्यार्थीहरुको सक्रिय भूमिका रहने बताए।
भैरहवा जाने क्रममा विमानस्थलको निरीक्षण अनुगमन गरेका मन्त्री आलेले आन्तरिकतर्फको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको र कोरोना जोखिमलाई मध्यनजर गर्दै उक्त आवागमन कक्षलाई फराकिलो ठाउँमा निर्माण गर्न निर्देशन दिएका हुन्।