मंगलबार, वैशाख ९, २०८२

सुदूरपश्चिममा कोरोना जोखिम बढ्दै

भारतमा कोरोनाका नयाँ भेरियन्ट 'ओमिक्रोन' तीव्र रुपमा फैलिएसँगै त्यसको जोखिम सुदूरपश्चिम प्रदेशमा पनि बढेको छ।
 |  शनिबार, पुस २४, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, पुस २४, २०७८

vianetvianet

सुदूरपश्चिम- भारतबाट भित्रिने नागरिकमा कोरोना भाइरस संक्रमण पुष्टि हुन थालेपछि सुदूरपश्चिम प्रदेशमा कोरोनाको  जोखिम थप बढेको छ। भारतमा कोरोनाका नयाँ भेरियन्ट 'ओमिक्रोन' तीव्र रुपमा फैलिएसँगै त्यसको जोखिम सुदूरपश्चिम प्रदेशमा पनि बढेको छ। 

triton college

विद्यालयमा सामाजिक दूरी कायम राख्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउने विषयमा त्यति चासो राखिएको देखिँदैन। धेरै नागरिक विना मास्क हिँडिरहेका देखिन्छन्। राजनीतिक दलले आमसभा तथा भेला र विभिन्न संघसंस्था, कार्यालयले भीड बढ्ने गरी बैठक तथा अन्तरक्रिया जस्ता कार्यक्रम गर्न छाडेका छैनन्। स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो तीन दिनमा २१५ व्यक्तिमा संक्रमणको पुष्टि भएको जनाएको छ। संक्रमित अधिकांश सीमा नाकाबाट प्रदेशमा भित्रिएका नागरिक छन्। 

बुधवार एकै दिनमा पश्चिमी सिमानाका कञ्चनपुरको गड्डा चौकी, कैलालीको गौरीफन्टा र बैतडी सीमा नाकाबाट भित्रिने १०७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो। सीमा नाकामा एन्टिजेन पद्धतिबाट भित्रिने नागरिकको कोरोनाको नमूना परीक्षण गर्ने गरिएको छ। संक्रमण बढ्न थालेपछि भारतमा आफ्नो काम छाडेर घर फर्किने नेपालीको संख्या बढ्दा पनि प्रदेशमा  जोखिम देखिएको हो। 

नाकाबाट भित्रिने सबै नागरिकको एन्टिजेन परीक्षण गर्नमा सचेतना अपनाइए पनि भित्रिने कतिपय नागरिकबाट लापरबाही भइरहँदा यो रोगको जोखिम बढेको त्रिनगर सीमा नाका हेल्थ डेस्कका प्रमुख अहेव गणेश साउदले बताए। ‘पोजेटिभ देखिएकालाई धनगढीको कनरीमा स्थापना गरिएको आइसोलेशनमा पठाउने गरेका छौँ’, अहेव साउदले भने, ‘पछिल्ला दिनमा सीमा नाकाबाट भित्रिनेको संख्या बढेसँगै संक्रमण दर पनि बढ्दो क्रममा रहेको छ।’

यो नाकामा केही दिनयता नमूना परीक्षण भइरहेकामध्ये दैनिक १० प्रतिशतका दरले संक्रमित थपिने गरेको जनाइएको छ। यात्रुको खोजीमा सीमा पारी पुग्ने विद्युतीय रिक्साले यात्रुलाई सरसामानसहित हेल्थ डेक्सका कर्मचारी र सीमामा खटिएका प्रहरीलाई छलेर भित्र्याउँदा पनि जोखिम देखिएको छ।  'ओमिक्रोन' को आशंकामा दुई जनाको नमूना संकलन गरी थप परीक्षणका लागि काठमाडौं पठाइएको साउदले जानकारी दिए।  रासस

National life insurance

प्रकाशित: Jan 08, 2022| 11:41 शनिबार, पुस २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।