खोटाङ- खरको थुप्रो नजिक आगो बालेर ताप्ने क्रममा अचानक खरमा आगलागी हुँदा खोटाङमा एक महिलाको मृत्यु भएको छ। घर छाउन थुपारेर राखिएको खरमा आगो सल्किँदा ती महिलाको मृत्यु भएको हो।
मृत्यु हुनेमा जन्तेढुंगा गाउँपालिका- ४ डम्बर्खुशिवालयकी ४३ वर्षीया अन्जु परियारको रहेकी छन्। घर नजिकै थुपारेर राखेको खरमा आगलागी भएको र भाग्न नसक्दा परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सुरेश ठाकुरका अनुसार इलाका प्रहरी कार्यालय खोटाङ बजार र चिसापानीको टोली शनिबार बिहान घटनास्थलतर्फ गएको छ।