आइतबार, कात्तिक १, २०८३

चार वर्षको हुँदा अपहरणमा परेका व्यक्ति ३७ वर्षको हुँदा घर फर्किएपछि...

चीनमा एउटा अनौठो घटना घटेको छ। चीनको युन्नान प्रान्तमा एक युवक ३३ वर्षपछि घर फर्किएका छन्। ली जिंगवेई नामक ती व्यक्ति चार वर्षको उमेरमा अपहरणमा परेका थिए।
 |  शनिबार, पुस २४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस २४, २०७८

काठमाडौं- चीनमा एउटा अनौठो घटना घटेको छ। चीनको युन्नान प्रान्तमा एक युवक ३३ वर्षपछि घर फर्किएका छन्। ली जिंगवेई नामक ती व्यक्ति चार वर्षको उमेरमा अपहरणमा परेका थिए।

छिमेकीले नै उनको अपहरण गरेर कोसौँ टाढा पुर्‍याइदिएका थिए। तर, उनी ३३ वर्षपछि घर फर्किन सफल भएका छन्।

३३ वर्ष पहिले अपहरणमा परेका जिंगवेईले आफ्नो स्मरणको आधारमा गाउँको नक्सा बनाएका थिए। उनले त्यही नक्सालाई सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। त्यसकै आधारमा उनी आफ्नो घर पुग्न सफल भएका हुन्। 

उनका छिमेकीले अपहरण गरेर जिंगवेईलाई एक हजार किलोमिटर टाढा लगेका थिए। समय बित्दै गएसँगै उनले आफ्नो परिवारसँग मिलन हुने आसा नै मारेका थिए। 

एक मिडिया रिपोर्टका अनुसार ली जिंगवेई चीनको युन्नान प्रान्तमा बस्थे। त्यही अवस्थामा चार वर्षको हुँदा उनको अपहरण भएको थियो। 

चार वर्षकै भए पनि उनलाई गाउँको धुमिल सम्झना थियो। त्यही सम्झनाको बलमा उनले गाउँको नक्सा कोरे। र, त्यसलाई सामाजिक सञ्जालमा अपलोड गरिदिए। र, त्यही नक्साको आधारमा उनी गाउँ फर्किन पनि सफल भए। 

उनले सामाजिक सञ्जालमा त्यो नक्सा राख्दै यो गाउँ यतातिरको होला भनेर सोधेका थिए। मानिसले नक्सालाई चिनेर ठाउँको बारेमा बताउँदा ३७ सालका ली जिंगवेई ३३ वर्षपछि घर फर्किन सफल भएका हुन्। - अमर उजालाबाट

प्रकाशित: Jan 08, 2022| 13:04 शनिबार, पुस २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।