काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ। माओवादी केन्द्रका केन्द्रीय सदस्य श्रेष्ठले आफूलाई कोरोना संक्रमण भएको बताएका छन्।
उनले शनिबार बिहान सामाजिक सञ्जालमार्फत कोरोना संक्रमित भएको जानकारी दिएका छन्। ‘पीसीआर परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु। कम्तीमा १४ दिन आइसोलेसनमा नै रहनेछु। हालसालै मसँग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आवश्यक सावधानी अपनाउन विनम्रतापूर्वक अनुरोध गर्दछु,’ उनले भनेका छन्।
हालै काठमाडौंमा सम्पन्न माओवादी केन्द्रको आठौं महाधिवेशनमा यसका सय जनाभन्दा बढी नेतालाई कोरोना संक्रमण भएको आशंका छ।
यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना संक्रमण भएको छ।