बिहीबार, असार ४, २०८३

ओली निवासमा देउवा [फोटो फिचर]

एमालेले संसद् निरन्तर अवरुद्ध पारिरहेका बेला प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका अध्यक्ष ओलीलाई भेट्न शनिबार बिहान उनकै निवास बालकोट पुगेका हुन्।
 |  शनिबार, पुस २४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस २४, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

National life

एमालेले संसद् निरन्तर अवरुद्ध पारिरहेका बेला प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका अध्यक्ष ओलीलाई भेट्न शनिबार बिहान उनकै निवास बालकोट पुगेका हुन्। 

करिब एक घण्टा भेटवार्ता भएपछि प्रधानमन्त्री देउवालाई बिदाइ गर्न निस्किएका अध्यक्ष ओलीले सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा कुराकानी राम्रो भएको बताएका थिए। उनले भने, ‘उहाँसँग कुराकानी भयो, सिद्धियो नि त। कुराकानी राम्रो भयो दुई जनाबीच।’

एमालेले आफ्नो पार्टी फुटाउन अध्यादेश ल्याएको, पार्टीले निष्कासन गरेका सांसदहरूलाई सांसद पद नरहेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले नटाँसेकोमा आपत्ति जनाउँदै संसद् बैठक निरन्तर अवरुद्ध पार्दै आएको छ। सोही विषयलाई लिएर एमालेले सर्वदलीय बैठक समेत बहिष्कार गर्दै आएपछि सत्तारुढ दलको शुक्रबार (हिजो) बसेको बैठकले ओलीलाई मनाउने जिम्मा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई दिएको थियो।

प्रधानमन्त्री देउवामाथि एमसीसी सम्झौंता संसदबाट पारित गराउनुपर्ने दबाब पनि छ। तर, ती विषयहरूमा छलफल गर्न बोलाइएको बैठकमा एमालेले सहभागी हुन नसक्ने अडान राख्दै आएको छ। 

Shivam cement

एमालेले आफ्नो पार्टीको संसदीय दलले निष्कासन गरेका माधव नेपालसहितका १४ जना संसद्मा आएसम्म संसद् अवरोधलाई निरन्तरता दिने अडान राख्दै आएको छ। प्रमुख प्रतिपक्ष दल एमालेसँगको संवाद नै टुटेको अवस्थामा प्रधानमन्त्री देउवा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका हुन्।


प्रकाशित: Jan 08, 2022| 13:35 शनिबार, पुस २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।