शुक्रबार, वैशाख १४, २०८१

अन्तर्राष्ट्रिय कम्पनी ‘ब्लूचिप’ ले देखायो नेपाली फिल्म बनाउने इच्छा

बलिउड फिल्महरू ‘सूर्यवंशी’, ‘८३’ सँगै थुप्रै साउथ इन्डियन फिल्ममा फाइनान्स गरेको अन्तर्राष्ट्रिय कम्पनी ‘ब्लूचिप इन्भेस्टमेन्ट’ ले नेपाली फिल्म बनाउन पनि इच्छा देखाएको छ।
 |  शनिबार, पुस २४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस २४, २०७८

काठमाडौं- बलिउड फिल्महरू ‘सूर्यवंशी’, ‘८३’ सँगै थुप्रै साउथ इन्डियन फिल्ममा फाइनान्स गरेको अन्तर्राष्ट्रिय कम्पनी ‘ब्लूचिप इन्भेस्टमेन्ट’ ले नेपाली फिल्म बनाउन पनि इच्छा देखाएको छ। शनिबार राजधानीमा हुन गइरहेको ‘नेपाल मिडिया अवार्ड’ मा सहभागी हुन बिहीबार दुबईबाट काठमाडौं आइपुगेको ‘ब्लूचिप’ को टिमले नेपाली फिल्ममा लगानी गर्न इच्छा व्यक्त गरेको हो।

triton college

‘ब्लुचिप’ का सिइओ रविन्दरनाथ सोनीले सञ्चारकर्मीसँग भने, ‘बलिउडमा हामीले धेरै काम गरेका छौं। ‘सूर्यवंशी, ८३’ लगायतका फिल्मलाई ‘ब्लूचिप’ ले फाइनान्स गरेको छ। अब राम्रो विषयमा हामी नेपाली फिल्म बनाउन इच्छुक छौं। नेपाल बसाइँको क्रममा फिल्मसँगै अन्य व्यवसायमा सहकार्य गर्ने विषयमा छलफल गर्नेछौं।’ उनले आफूले नेपाली फिल्म ‘ऐश्वर्या’ हेरेको पनि स्मरण गरे।

नेपाल र भारतको संस्कृति मिल्दोजुल्दो भएकाले नेपालको संस्कृतिलाई प्रवर्द्धन गर्न आफूहरू तयार रहेको उनको भनाई छ। पहिलो पटक नेपाल आउन पाउँदा खुसी लागेको बताउँदै उनले आफूलाई नेपाल आफ्नै देश लाग्ने गरेको बताए। ‘म पहिलो पटक नेपाल आएको हुँ। गौतम बुद्धको देशमा आउन पाउँदा मलाई आफ्नै देशमा आएको महसुस भइरहेको छ,’ सिइओ सोनीले भने।

दुबईमा रियल स्टेट, फोरेक्स, गोल्ड, करेन्सी लगायतका विभिन्न क्षेत्रमा ठूलो लगानी गरेको ‘ब्लुचिप इन्भेष्मेन्ट कम्पनी’ का सिइओ रविन्दरनाथ सोनीसँगै अपरेसन हेड गुरमीत कौर, सेल्स एन्ड मार्केटिङ हेड सुरज जुमानी, डा। प्रीति गिरी लगायतको टिम नेपाल आएको हो। पुनम यादव निर्माता रहेको ‘नेपाल मिडिया अवार्ड’ मा ‘ब्लुचिप’ कम्पनी सहप्रायोजकको रूपमा जोडिएको छ।

प्रकाशित: Jan 08, 2022| 13:24 शनिबार, पुस २४, २०७८
प्रतिक्रिया दिनुहोस्