मंगलबार, भदौ २, २०८३

माओवादी अध्यक्ष दाहाललाई कोरोना संक्रमण

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना संक्रमण भएको छ।
 |  शनिबार, पुस २४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस २४, २०७८

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना संक्रमण भएको छ। दाहालको सचिवालयले उनलाई कोरोना संक्रमण भएको पुष्टि गरेको हो।

सचिवालयले भनेको छ, ‘अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यमा केही असहजता देखिएकोले हिजो बेलुकी पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ।’

दाहाल अहिले आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेका छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ। सचिवालयले भनेको छ, ‘यसबीचमा बीचमा उहाँको सम्पर्कमा रहनुभएका सबैलाई सतर्कता अपनाउनुहुन अनुरोध गर्दछौं।’

चिकित्सकको सल्लाहअनुसार आइसोलेसनमा बस्नुपर्ने भएकाले दाहालका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरिएको सचिवालयले जनाएको छ।

प्रकाशित: Jan 08, 2022| 10:09 शनिबार, पुस २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।