शनिबार, जेठ २, २०८३

प्रचण्डका स्वकीय सचिव रमेश मल्ललाई पनि कोरोना संक्रमण

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्ललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शनिबार, पुस २४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस २४, २०७८

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्ललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। मल्लले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्।

National life

शुक्रबार बेलुका एन्टिजेन र पीसीआर विधिबाट नमुना परीक्षण गर्दा आफूमा कोरोना पुष्टि भएको उनको भनाइ छ।

‘हिजो बेलुकी एन्टिजेन र पिसीआर विधिबाट परिक्षण गर्दा मेरो पनि कोरोना रिपोर्ट पोजिटिभ देखिएको छु। यो बीचमा सम्पर्कमा रहेका सबैले स्वास्थ्य सतर्कता अपनाइदिनुहुनेछ,’ उनले लेखेका छन्।

अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।

हालै काठमाडौंमा सम्पन्न माओवादी केन्द्रको आठौं महाधिवेशनमा यसका सय जनाभन्दा बढी नेतालाई कोरोना संक्रमण भएको आशंका छ। 

प्रकाशित: Jan 08, 2022| 12:45 शनिबार, पुस २४, २०७८
प्रतिक्रिया दिनुहोस्