मंगलबार, भदौ २, २०८३

सचेतना जगाउन विद्यालय पुगे सिडिओ र एसपी

राजबिराज नगरपालिका-१६ बोरीयास्थित नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालय पुगेका प्रजिअ जनार्दन गौतमले बालविवाह न्यूनीकरणमा विद्यार्थीहरुको सक्रिय भूमिका रहने बताए।
 |  शनिबार, पुस २४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस २४, २०७८

सप्तरी- बाल विवाह न्यूनीकरण र लागूऔषध दुर्व्यसन रोकथामका लागि प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक विद्यालय पुग्न थालेका छन्। राजबिराज नगरपालिका-१६ बोरीयास्थित नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालय पुगेका प्रजिअ जनार्दन गौतमले बालविवाह न्यूनीकरणमा विद्यार्थीहरुको सक्रिय भूमिका रहने बताए।

बालविवाहले निम्त्याउने असर र यसको न्यूनीकरणका लागि विद्यार्थीले निर्वाह गर्नसक्ने  भूमिकाबारे उनले  जानकारी गराएका छन्। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक अविनारायण काफ्लेले समाजमा विद्यमान बाल विवाह र लागूऔषध दुर्व्यसनको अवस्था र कानूनी प्रावधानबारे जानकारी गराउनाका साथै यस विषयमा प्रहरीको आगामी योजनाबारे चर्चा गरे।

बाल विवाह न्यूनीकरण र लागूऔषध नियन्त्रणमा प्रहरी आक्रामक ढङ्गले अघि बढेको छ भन्दै उनले प्रहरीको योजनामा स्थानीय तह, अभिभावक, शिक्षक र विद्यार्थीलगायत सबै पक्षबाट सहयोग पुर्‍याउनु आवश्यक रहेको बताए। समुदाय-प्रहरी साझेदारी अवधारणा अनुरुप सामुदायिक सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालयको सयुक्त आयोजनामा भएको कार्यक्रममा राजविराज-१६ का वडाध्यक्ष बुचाई दास, विद्यालयका शिक्षक र विद्यार्थीहरूले सचेतनामुलक कार्यक्रम  निरन्तर गरिनुपर्नेमा जोड दिए।

केन्द्रका अध्यक्ष हितनारायणलाल दासको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थी, स्थानीय गाउँका बुद्धिजिवी, नागरिक समाजका अगुवाको सहभागिता थियो। समुदाय-प्रहरी साझेदारी अवधारणा अनुरुप जिल्ला प्रहरी कार्यालय र उक्त केन्द्रको सयुक्त आयोजनामा आर्थिक वर्ष २०७८/०७९ मा ३३५ वटा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन भैसकेको केन्द्रका सचिव संजय शर्माले जानकारी दिए। रासस

प्रकाशित: Jan 08, 2022| 12:12 शनिबार, पुस २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।