मंगलबार, भदौ २, २०८३

प्रधानमन्त्री पनि परे कन्ट्याक्ट ट्रेसिङमा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।
 |  शनिबार, पुस २४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस २४, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना संक्रमण भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा पनि कन्ट्याक्ट ट्रेसिङमा परेका  छन्।

शुक्रबार साँझ स्वाब परीक्षण गर्दा दाहाललाई कोरोना पोजिटिभ देखिएको थियो। दाहालले शुक्रबार बिहान मात्रै प्रधानमन्त्री देउवालाई भेटेका थिए। दाहाल बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा सहभागी भएका थिए। 

त्यसपछि गरिएको कोरोना परीक्षणमा उनीमा संक्रमण पुष्टि भएसँगै देउवा पनि कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्। उक्त बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस नेताहरू रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, मन्त्री ज्ञानेन्द्रबहादुर कार्की संलग्न थिए।

माओवादी नेताहरू नारायणकाजी श्रेष्ठ र देवप्रसाद गुरुङ पनि बैठकमा सहभागी थिए। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव वेदुराम भुसाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी थिए।  यससँगै अन्य नेताहरू पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन्।

प्रकाशित: Jan 08, 2022| 13:14 शनिबार, पुस २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।