बुधबार, भदौ ३, २०८३

प्रधानमन्त्री देउवाले ओलीलाई भने- संसद् खुलाउन सहयोग गर्नुस्

प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसद्को गतिरोध अन्त्य गर्न आग्रह गरेका छन्।
 |  शनिबार, पुस २४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, पुस २४, २०७८

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसद्को गतिरोध अन्त्य गर्न आग्रह गरेका छन्। ओलीलाई भेट्न शनिबार बालकोट पुगेका प्रधानमन्त्री देउवाले संसदको अवरोध हटाएर सहयोग गर्न आग्रह गरेका हुन्। 

प्रमुख प्रतिपक्षी दल एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर निरन्तर संसदमा अवरोध गर्दै आइरहेको छ। प्रधानमन्त्रीले संसदको अवरोध हटाउन बोलाएको सर्वदलीय बैठकसमेत एमालेले बहिष्कार गरेको थियो।

प्रमुख प्रतिपक्षीको निरन्तरको संसद् अवरोधपछि देउवाले ओलीलाई भेटेर नै अवरोध नगर्न आग्रह गरेका हुन्।

प्रधानमन्त्रीले देउवाले ओलीलाई संसदमा विचाराधीन अमेरिकी परियोजना एमसिसी सम्झौता अगाडि बढाउन सहयोग गर्न आग्रह गरेको बताइएको छ।

प्रकाशित: Jan 08, 2022| 12:36 शनिबार, पुस २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...