काठमाडौं- नेकपा नेकपा एमाले दाङको अध्यक्षमा हुकुम बस्नेत चयन भएका छन्।
शुक्रबार उद्घाटन भएको दाङको १३ औं जिल्ला अधिवेशनबाट अध्यक्ष बस्नेतसहितका पदाधिकारी र जिल्ला नेतृत्व सर्वसम्मत चयन भएको हो। बस्नेतको नेतृत्वमा १ सय २१ सदस्यीय जिल्ला कमिटी गठन भएको छ।
समितिको उपाध्यक्षमा राममणी पान्डे, सचिब मनोहर बुढाथोकी, उप सचिब कृष्ण भुसाल र हिरा देवी पुन चयन भएका छन्।