'गठबन्धन गर्नुपर्ने राष्ट्रको आवश्यक्ता हो। मुलुकमा सुशासन र विधिको शासनका लागि गठबन्धन आवश्यक छ,' उनले भने, 'सधैं गठबन्धन गर्ने हैन। गठबन्धन चुनाव जित्न मात्र होइन, संविधान जोगाउन र बचाउन हो।'
आपसी सहकार्यका माध्यमबाट मुलुकभित्र आन्तरिक र बाह्य लगानी प्रवर्द्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र लगानी बोर्ड नेपालबीच आइतबार समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अवधारणाअन्तर्गत अगाडि बढाउन लागिएका भौतिक पूर्वाधारसँग जोडिएका परियोजनालाई शिघ्र कार्यान्वयनमा ल्याउन चीन सरकारलाई अनुरोध गरेको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा चितवनका पूर्व जिल्ला सभापति टेकप्रसाद गुरुङले कांग्र्रेसले माओवादीसँग गठबन्धन गरे त्यो एमाले जिताउने गठबन्धन हुने टिप्पणी गरेका छन्।
पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको फूलजोरमा आइतबार यात्रुवाहक बस पल्टिँदा चार जनाको मृत्यु भएको छ। बसमा सवार २५ जनाभन्दा बढी यात्रु घाइते भएको प्रहरीले बताएको छ।
नेपाल र चीनबीच विद्युत् आदानप्रादनका लागि महत्वपूर्ण मानिएको ४०० केभी क्षमताको डबल सर्किट रातमाटे-रसुवागढी-केरुङ अन्तरदेशिय प्रसारण लाइन निर्माणका लागि मार्ग प्रशस्त भएको छ।