काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय सदस्य विजयकुमार यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
आइतबार कांग्रेस मुख्य कार्यालय सानेपमा सभापति शेरबहादुर देउवाले यादवलाई फूलमाला लगाएर पार्टीमा स्वागत गरेका छन्। यादव सप्तरी क्षेत्र नम्बर एकका हुन्।
आगामी वैशाख ३० गते स्थानीय निर्वाचन गर्ने सरकारको घोषणासँगै पार्टी अदलबदल तीव्र भएको छ।