बुधबार, असोज १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेप्से परिसूचकमा उच्च गिरावट, कारोबार रकम भने फागुनयताकै उच्च

नेप्से परिसूचकमा उच्च गिरावट, कारोबार रकम भने फागुनयताकै उच्च

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ। आज सेयर बजार मापक नेप्से परिसूचक ४१.४३ अंकले घटेर २५७२.२३ बिन्दुमा कायम भएको छ।
 |  आइतबार, चैत १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत १३, २०७८

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ। आज सेयर बजार मापक नेप्से परिसूचक ४१.४३ अंकले घटेर २५७२.२३ बिन्दुमा कायम भएको  छ। 

नेप्से परिसूचक घटे पनि कारोबार रकम भने उच्च रह्यो। आजको कारोबार फागुन महिनायताकै उच्च हो। आज कारोबारमा आएका २३२ कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९८ करोड ९५ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। 

दोहोरो अंकले घटेर राताम्मे भएको सेयर बजारमा पाँच वटा कम्पनीहरुको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ। आज जनरल इन्स्योरेन्स कम्पनी, सानिमा जनरल इन्स्योरेनस, जीवन विकास लघुवित्त, इमर्जिङ नेपाल र राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।

जीवन विकास लघुवित्तको प्रतिकित्ता सेयर मूल्य ३ हजार ३ सय पुगेको छ। त्यस्तै जनरल इन्स्योरेनस र सानिमा जनरलको सेयर मूल्य प्रतिकित्ता ६ सय ६० रुपैयाँ पुगेको छ। इमर्जिङ नेपालको सेयर मूल्य ८ सय ३६ रुपैयाँ र राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्य ९ सय १ रुपैयाँ पुगेको छ। 


प्रकाशित: Mar 27, 2022| 15:22 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्