आइतबार, साउन ३१, २०८३

माधव नेपालले केपी ओलीलाई रावणसँग तुलना गरे

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई रावणसँग तुलना गरेका छन्।
 |  आइतबार, चैत १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत १३, २०७८

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई रावणसँग तुलना गरेका छन्।

आइतबार काठमाडौंमा आयोजित समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकमा अध्यक्ष नेपालले अर्का पूर्वप्रधानमन्त्री ओलीलाई रावणसँग तुलना गरेका हुन्। उनले रावण, कंस र शिशुपालले गरेका गल्तीहरु ओलीले गरिरहेको भन्दै उनीहरुसँग तुलनात्मक रुपमा अध्ययन गरेर देखाउन आवश्यक रहेको बताए। अध्यक्ष नेपालले अध्यक्ष ओली कम्युनिष्टको आवरणमा जन्मिएको तानाशाह भएको टिप्पणी गरे। उनले हिटलर डेमोक्रेसीको आवरणमा तानाशाह बनेको उदाहरण दिँदै ओलीले पनि त्यही प्रवृत्ति गरिरहेको आरोपसमेत लगाए।

अध्यक्ष नेपालले भजे, ‘केपीको बारेमा चर्चा गर्दा ठ्याक्क रावणमा केके प्रवृतिहरु देखिए, कंशमा के के प्रवृतिहरु देखिए, शिशुपालले सय वटा केके अपराध ग¥यो र हिटलरले के के कुकृत्य गरेको थियो? ठ्याक्क त्यसलाई तुलनात्मक अध्ययन गरेर केपी ओलीलाई देखाउनुस्। डेमोक्रेसीको आवरणमा हिटलर तानाशाही भयो। डेमोक्रेसीको आवरणमा बोल्यो। डेमोक्रेसीले नै जन्माएको हो हिटलर। तर डेमोक्रेसीले सबैलाई राम्रो मात्र जन्माउँदो रहेनछ, तानाशाह पनि जन्माउँछ। कांग्रेस वा भनौं हाम्रा विपक्षीहरुलाई के भन्नुपर्छ भने कम्युनिष्टहरु अधिनायकवादी हुन्छन् भन्छन् नि? होइन, कम्युनिष्टको आवरणमा पनि तानाशाहहरु जन्मिँदा रहेछन्।’ 

अध्यक्ष नेपालले पछिल्लो समय देशभर नै आफ्नो पार्टीमा कार्यकर्ताहरुको आकर्षण बढिरहेको दाबीसमेत गरे।

प्रकाशित: Mar 27, 2022| 12:31 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...