आइतबार, साउन ३१, २०८३

गठबन्धन गरेरै जाऔं, चुनावको मुखमा विवाद नगरौं : कोइराला

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आगामी स्थानीय निर्वाचनमा कांग्रेसले गठबन्धन गरेरै जानुपर्ने बताएकी छन्।
 |  आइतबार, चैत १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत १३, २०७८

काठमाडौं–  नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आगामी स्थानीय निर्वाचनमा कांग्रेसले गठबन्धन गरेरै जानुपर्ने बताएकी छन्।

सानेपामा आइतबार केन्द्रीय समिति बैठक सुरु हुनुअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भनिन्, ‘गठबन्धन गरेर जाने कि नजाने भन्ने छलफल भइरहेको छ। गठबन्धन गरेरै जानुपर्छ भन्ने मेरो धारणा छ। हामी कमजोर भएको ठाउमा छाड्नुपर्छ, बलियो भएको ठाउँमा हामी लड्नुपर्छ भन्ने मेरो धारणा छ। गठबन्धनका कारण प्रधानमन्त्री र मुख्यमन्त्री हामीले पाएका छौं। चुनावका मुखमा विवाद गर्न हुँदैन।’ पार्टीभित्र गुट–उपगुटको अन्त्य गर्नुपर्नेमा जोड दिँदै उनले नेपाली कांग्रेस कांग्रेस आईजस्तो हुन्छ भनेर निराशाजनक कुरा गर्न नहुने बताइन्। उनले भनिन्, ‘नेपाली कांग्रेस विलय हुँदैन। एमसीसी पास भएको छ। चिनियाँ विदेशमन्त्री आउनुभएको छ, ९ बुँदे सहमति भएको छ चीनसँग। एमसीसी र चीनसँगको सम्झौताले नेपाल विकासपथमा लम्किनेछ। त्यसैले कांग्रेसले बहुमतले जित्छ भन्ने मलाई लाग्छ।’ 

शुक्रबार केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रममा नेपाली कांग्रेस गण्डकी र लुम्बिनी प्रदेशका सभापतिले गठबन्धन गर्दै जाने हो भने पार्टीको हालत कांग्रेस आईको जस्तै हुने बताएका थिए। 

प्रकाशित: Mar 27, 2022| 12:52 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...