आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस चितवनका पूर्वसभापति गुरूङ भन्छन् –बाउछोरीलाई एकै ठाउँमा दिएर कांग्रेसचाहिँ ताली पिटेर बस्ने?

कांग्रेस चितवनका पूर्वसभापति गुरूङ भन्छन् –बाउछोरीलाई एकै ठाउँमा दिएर कांग्रेसचाहिँ ताली पिटेर बस्ने?

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा चितवनका पूर्व जिल्ला सभापति टेकप्रसाद गुरुङले कांग्र्रेसले माओवादीसँग गठबन्धन गरे त्यो एमाले जिताउने गठबन्धन हुने टिप्पणी गरेका छन्।
 |  आइतबार, चैत १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत १३, २०७८

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा चितवनका पूर्व जिल्ला सभापति टेकप्रसाद गुरुङले कांग्र्रेसले माओवादीसँग गठबन्धन गरे त्यो एमाले जिताउने गठबन्धन हुने टिप्पणी गरेका छन्। 

पार्टी कार्यालय सानेपामा आइतबार केन्द्रीय समिति बैठक सुरु हुनुअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘गठबन्धनको विरोधी हामी होइनौं, चितवनमा दुईपटक गठबन्धन गरेका छौं। १० वर्षसम्म पार्टीमा भोट नहाल्दा पार्टी छिन्नभिन्न हुने भयो। यसपटक भरतपुर महानगर हामीले पाउनुपर्छ। अहिले माओवादीले हामीलाई सघाउनुपर्छ। हाम्रो कुरा सभापतिले सुन्नुपर्छ। हामीले यसअघि जितेका हौं। म सभापति हुँदा चार क्षेत्र जितेको हो। सभापतिलाई ब्रिफिङ नपुगेको हो। पञ्चायतदेखि नै कांग्रेसले चितवनमा जितेको हो।’ 

भरतपुरका २९ वडामध्ये माओवादीले दुई वटामा मात्र जितेको बताउँदै गुरुङले अब माओवादीलाई मेयर दिन नसकिने बताए। भने, ‘रेणु दाहालको सम्भावना बढ्यो भन्ने सुनेको छु। रेणु उठे हार्छिन्, हाम्रै साथीहरूले भोट दिँदैननन्। भोलि प्रचण्ड हार्लान्, अनि गठबन्धनको के अर्थ?’ चितवनमा कांग्रेस कमजोर नभएको भन्दै उनले केन्द्रबाट कमजोर बनाइएको गुनासो गरे।

उनले भने, ‘चितवनका बारेमा  मैले पीचएडी गरेको छु, मलाई सबै थाहा छ। एकै ठाउँमा लाद्न भएन गठबन्धन भनेर। बाउछोरीलाई नै एकै ठाउँमा दिएपछि कांग्रेस चाहिँ ताली पिटेर बस्ने? यदि गठबन्धन भयो भने एमाले जिताउने गठबन्धन हुन्छ,’ उनले भने।


प्रकाशित: Mar 27, 2022| 13:14 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...