बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धार्मिक आस्थाका आधारमा विभेद गर्नुहुँदैन : मन्त्री कार्की

धार्मिक आस्थाका आधारमा विभेद गर्नुहुँदैन : मन्त्री कार्की

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धार्मिक आस्थाका अधारमा कसैमाथि विभेद गर्न नहुनेमा जोड दिएका छन्।
 |  आइतबार, चैत १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत १३, २०७८

इनरुवा- सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धार्मिक आस्थाका अधारमा कसैमाथि विभेद गर्न नहुनेमा जोड दिएका छन्।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ मा निर्माणाधिन महर्षिमेही सन्तमत मन्दिर आज शिलान्यास गर्दै उनले समाजमा अनेक धर्म र जातजातिको बसोबास रहेकाले कसैमाथि विभेद गर्न नहुनेमा जोड दिएका हुन्। 

समाजमा विभिन्न धर्मालम्बीहरुको बसोबास भएकाले मन्दिरका कारण भेदभाव नगरी समाजिक सद्भाव कायम गर्नु आवश्यक रहेको उल्लेख गर्दै मन्त्री कार्कीले धर्मका नाममा कृतिमरुपले अनेक किसिमका विवाद सिर्जना गरिए पनि आखिर मानव जातिको एउटै लक्ष्य सुःख शान्ति र मृत्युपछि मोक्ष प्राप्ति नै रहेकाले विभेदको औचित्य नभएको बताए। 

कार्यक्रममा कोसी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारी, भोक्राहा नरसिंह–२ का वडाध्यक्ष आलम अन्सारी, ४ का वडाध्यक्ष हारुन अन्सारी र कांग्रेसका गाउँस्तरीय सभापति युवराज दाहाललगायतको सहभागिता थियो।

प्रकाशित: Mar 27, 2022| 12:53 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।