आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • रामचन्द्र पौडेलले भने– धेरै केन्द्रीय सदस्य चुनावी तालमेलकै पक्षमा छन्

रामचन्द्र पौडेलले भने– धेरै केन्द्रीय सदस्य चुनावी तालमेलकै पक्षमा छन्

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीका धेरैजसो केन्द्रीय सदस्य चुनावी गठबन्धनको पक्षमा रहेको बताएका छन्।
 |  आइतबार, चैत १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत १३, २०७८

काठमाडौं– नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीका धेरैजसो केन्द्रीय सदस्य चुनावी गठबन्धनको पक्षमा रहेको बताएका छन्।

सानेपामा जारी पार्टीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पौडेलले जिल्लाबाट आएको रिपोर्टिङ पनि गठबन्धनकै पक्षमा रहेको बताए। उनले भने, ‘केन्द्रीय समितिले सैद्धान्तिक निर्णय लिने हो। गठबन्धन गर्ने सैद्धान्तिक निर्णय केन्द्रीय समितिबाट हुन्छ। कहाँ र कसरी गठबन्धन गर्ने भन्ने कुरा तल्ला तहले निर्णय गर्ने हो। जिल्लाबाट आएको रिपोर्टिङ पनि गठबन्धन गर्नुपर्छ भन्ने नै धेरै छ।’ 

धेरै केन्द्रीय सदस्य गठबन्धनको पक्षमा देखिएको उनले बताए। चुनावी तालमेल गरेर अहिलेको गठबन्धन जोगाउनुपर्ने आशय पौडेलको थियो। उनले भने, ‘कुन स्थानीय तह कसले लिने भन्ने त पछि निर्णय गर्ने कुरा हो। तर चुनावी तालमेल गरेर गठबन्धन बचाएर लानुपर्ने आवश्यकता छ।’ 

शुक्रबार सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठक चुनावी गठबन्धनकै विषयमा केन्द्रित छ। 

प्रकाशित: Mar 27, 2022| 15:28 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...