काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आवश्यकताको सिद्धान्तका आधारमा चुनावी तालमेल हुने बताएका छन्। पार्टी कार्यालय सानेपा परिसरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै प्रवक्ता महतले यस्तो बताएका हुन्।
'आवश्यकताको सिद्धान्तका आधारका गठबन्धन हुन्छ,' डा महतले भने, 'बढीभन्दा बढी सिट जित्ने गरी नेपाली कांग्रेसले चुनावी तालमेलका विषमया निर्णय गर्छ।'
चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको भ्रमणका विषयषमा पनि उनले संक्षिप्त प्रतिक्रिया जनाएका थिए। चीनसँग भएको समहितमका विषय पनि कार्यान्वयनमा जाने उनको विश्वास छ।
चिनियाँ परराष्ट्रमन्त्रीले नेपाली कम्युनिस्ट दलका नेता भेटेको विषयमा भने आफ्नो कुनै टिप्पणी नरहेको उनको भनाइ थियो। 'चीनसँग हाम्रो सम्बन्ध राम्रो छ। सहमति भएको छ। यो कार्यान्वयन हुनेछ। हामीले चिनियाँ विदेशमन्त्रीसँग द्विपक्षीय सम्बन्ध, विकास र अन्य सहयोगका विषयमा हामीले छलफल गरेका छौँ। अन्य दलका नेताहरूसँगको छलफलका बारेमा हाम्रो टिप्पणी छैन। एमसीसी भर्खर पास भएको छ। उहाँको भ्रमणलाई शंकाको दृष्टिकोणले हेर्न हुँदैन,' प्रवक्ता महतले भने।