आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस प्रदेश १ सभापतिले भने- चुनावी तालमेल राष्ट्रको आवश्यकता हो

कांग्रेस प्रदेश १ सभापतिले भने- चुनावी तालमेल राष्ट्रको आवश्यकता हो

'गठबन्धन गर्नुपर्ने राष्ट्रको आवश्यक्ता हो। मुलुकमा सुशासन र विधिको शासनका लागि गठबन्धन आवश्यक छ,' उनले भने, 'सधैं गठबन्धन गर्ने हैन। गठबन्धन चुनाव जित्न मात्र होइन, संविधान जोगाउन र बचाउन हो।'
 |  आइतबार, चैत १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत १३, २०७८

काठमाडौं- नेपाली कांग्रेस प्रदेश १ का सभापति उद्धव थापाले चुनीवी तालमेल देशको आवश्यकता भएको दाबी गरेका छन्। आइतबार केन्द्रीय समिति बैठकमा सहभागी भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता थापाले यस्तो बताएका हुन्। 

'गठबन्धन गर्नुपर्ने राष्ट्रको आवश्यक्ता हो। मुलुकमा सुशासन र विधिको शासनका लागि गठबन्धन आवश्यक छ,' उनले भने, 'सधैं गठबन्धन गर्ने हैन। गठबन्धन चुनाव जित्न मात्र होइन, संविधान जोगाउन र बचाउन हो।' 

चुनावमा तालमेल गर्ने मोडलबारे छलफल हुने उनले विश्वास व्यक्त गरे। स्थानीय तहको मतभारको आधारमा गठबन्धन बनाउने मोडल बनाउनु उपयुक्त हुने उनको सुझाव छ। 

यसअघि प्रवक्ता डा प्रकाशशरण महतले पार्टीलाई फाइदा हुने गरी आवश्यकताको सिद्धान्तका आधारमा गठबन्धन हुने बताएका थिए। हालसम्म २१ जना केन्द्रीय सदस्यले धारणा राखेको कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिइन्। 

प्रकाशित: Mar 27, 2022| 14:27 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...