प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित भएको छ। मौसम बदलीले भिजिबिलिटी कम हुँदा विमानस्थलमा ‘आइएफआर’ उडान मात्रै सञ्चालन भएकाले आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने विषयमा लागि सुझाव लिन बैंक, वित्तीय संस्था र बिमा क्षेत्रका सरोकारवालासँग छलफल गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘वैदेशिक रोजगार कल्याणकारी सूचना व्यवस्थापन प्रणाली’ कार्यान्वयनमा ल्याएको छ। मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री कृष्णकुमार श्रेष्ठले उक्त प्रणालीको सुरुआत गरेका हुन्।
मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गर्न पुगेका ३९ जना पक्राउ परेका छन्। चुरे तथा वन जङ्गल संरक्षण अभियान धनुषाका कार्यकर्ताहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय छिर्न खोजेपछि पक्राउ परेका...
उनीहरूले एकैस्वरमा भनेका थिए, 'सरकारसँग अहिले भएको रकम त प्रशासनिक खर्च एवं अन्य खर्चका लागि हो। सो रकम निक्षेपका रूपमा राख्न दिने व्यवस्था गरेमा त्यसको परिणाम नकारात्मक हुन्छ।'
रोल्पामा बनेको भ्युटावर उद्घाटन गर्न पुगेका पूर्वप्रधानमन्त्री प्रचण्डले लिवाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै भने, 'विगतमा पनि आफूलाई अप्ठेरो पर्दा रोल्पा आई नयाँ ऊर्जा लिएर फर्कन्थेँ।'
केन्द्रीय कमिटीको तेस्रो बैठकमा पूर्वमाओवादी खेमाले पार्टी प्रवेश गर्नेहरूलाई स्थानीय निर्वाचनमा उचित स्थान दिनुपर्ने एजेन्डा उठाउन खोजेका थिए। अध्यक्षको प्रतिवेदनमाथि बोल्न चाहने केन्द्रीय सदस्यले लिखित नोटसहित बोल्नुपर्ने भनिएपछि उनीहरूले आफ्ना...
युक्रेन संकटको समयमा अमेरिकी राष्ट्रपति जो बाइडेनले युरोपको भ्रमण गरेर नाटोमा आवद्ध मुलुकहरुलाई रुसविरुद्ध गोलबद्ध हुन पहल गरिरहँदा चिनियाँ विदेशमन्त्रीले भने दक्षिण एसियाको फन्को लगाएका हुन्।
चैत ४ गतेबाट कपिलवस्तुको शिवगढीमा सुरु भएको विप्लवको बैठक १० दिन बसेर सोमबार सकिएको हो। मुख्यगरी तीनवटा विषयमा छलफल र निर्णय गर्दै बैठक सकिएको नेता धर्मेन्द्र बास्तोलाले जानकारी दिए।
१४औँ महाधिवेशनअन्तर्गत सिरहा जिल्ला अधिवेशनको विषयले नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा चर्काचर्की भएको छ। सोमबार भएको केन्द्रीय समिति बैठमा नेताहरुबीच चर्काचर्की भएको हो।
करिब ७ अर्ब रुपैयाँ लागतमा बन्ने बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि गरिएको टेन्डर सोमबार नै रद्द गरिएको प्राधिकरणले जनाएको छ।