मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • चुनावी तालमेलबारे भोलि निर्णय गर्दै कांग्रेस, पीएनजीविरुद्ध नेपालको जित [२०७८-१२-१४]

चुनावी तालमेलबारे भोलि निर्णय गर्दै कांग्रेस, पीएनजीविरुद्ध नेपालको जित [२०७८-१२-१४]

आगामी वैशाख ३० सम्पन्न हुने स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाताले भाग लिन पाउने भएका छन्।
 |  सोमबार, चैत १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत १४, २०७८

एक करोड ७७ लाख मतदाता

आगामी वैशाख ३० सम्पन्न हुने स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाताले भाग लिन पाउने भएका छन्। 

निर्वाचन आयोग, नेपालले सोमबार नियमित पत्रकार सम्मेलन गरी स्थानीय तह निर्वाचनमा भाग लिने सो संख्यामा रहेका मतदाताहरुको नामावली स्विकृत गरिएको जानकारी गराएको हो। जस अनुसार ८७ लाख ४१ हजार ५३० महिला मतदाता, ८९ लाख ९२ हजार १० पुरुष  मतदाता र र १८३ अन्य मतदाताहरु रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। 

स्थानीय तह निर्वाचन प्रयोजनका लागि ७७ जना मुख्य निर्वाचन अधिकृत र ६७६ जना निर्वाचन अधिकृतहरु तोकिएको र उनीहरुको नामावली चैत्र १३ गते नै प्रकाशन गरिसकिएको समेत बताए। 

निर्वाचन आयोगले स्थानीय तह निर्र्वाचनको पर्यवेक्षणका लागि भाग लिन संस्थाहरुलाई निवेदन पेस गर्न पनि आह्वान गरेको छ। आयोगले मतपत्र छपाइको जिम्मा जनक शिक्षा सामग्री केन्द्रलाई दिइएको भन्दै उनले छपाई मेसिनलगायत पूर्वधार तयारी हालतमा राख्न निर्देशन दिइएको जानकारी गराए। 

त्यसैगरी आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि यही चैत्र १५ गतेबाट कल सेन्टर संचालनमा ल्याउन लागिएको पनि जनाएको छ । निर्वाचन आयोगले कल सेन्टर संचालनका लागि ११०२ टोल फ्रि नम्बरको व्यवस्था गरिसकेको छ।

तालमेलको चर्काचर्की

चुनावी तालमेलको मोडालिटी तय गर्न कांग्रेसले बोलाएको केन्द्रीय समिति बैठक मंगलबार दिउँसो पुनः बस्ने भएको छ। सोमबार वक्ताहरूको बोल्ने क्रम नसकिएपछि सोमबारका लागि स्थगित गर्दै मंगलबार दिउँसो तीन बजे पुनः बैठक बोलाइएको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए। 

सोमबार नेताहरु रामचन्द्र पौडेल, शेखर कोइराला, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङका साथै महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र गृहमन्त्री बालकृष्ण खाणलगायतले धारणा राखेका थिए। पौडेलले समाजवादी र माओवादीलाई मत दिएर भएपनि एमालेलाई साइजमा राख्नुपर्ने धारणा राखे। शेखरले चुनावी तालमेल गर्न नहुने पक्षमा धारणा राखेपछि देउवासँग सवालजवाफ नै चलेको थियो। 

यसपटक तालमेल गरी अन्य चिन्हमा लगाएको मतदातालाई पुनः रुखमा फर्काउन नसकिने महामन्त्री थापाको धारणा थियो। अर्का महामन्त्री शर्माले विगतका मतको विवरण प्रस्तुत गर्दै तालमेलका पक्षमा उभिए। खाणले वर्तमान सरकार बन्नुअघि नै चुनावमा तालमेल गरेर जाने सहमति भएको भन्दै यसबाट पछि हट्न नहुने धारणा राखेका थिए। सोमबारको बैठकपछि कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले चुनावी तालमेलका विषयमा मंगलबार निर्णय हुने जानकारी दिए।

भारत जाँदै देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा चैत १८ गते भारत भ्रमणमा जाने भएका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। 

भारतीय विदेश मन्त्रालयले दिएको जानकारी अनुसार चैत १९ गते प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवारत् हुनेछ। 

यो देउवाको पहिलो दुईपक्षीय भ्रमण हो। प्रधानमन्त्री भइसकेपछि यसअघि स्कटल्यान्डको ग्लास्गोमा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच भेट भएको थियो। 

वीरमा निःशुल्क रगतजन्य आनुवांशिक रोगको उपचार

वीर अस्पतालले निःशुल्क रगतजन्य आनुवांशिक रोगको उपचार सेवा शुरु गरेको छ।

सोमवार एक कार्यक्रम आयोजना गरी अस्पतालले रगतजन्य अनुवांशिक रोगहरुको निःशुल्क उपचार सेवा शुरु गरेको हो। अस्पतालका निर्देशक डा.भुपेन्द्र बहादुर बस्नेतले मेडिकल जेनेटिक्स एन्ड हेमोफिलिया डि केयर सेन्टरमार्फत अस्पतालमा रगत र रगतसँग सम्बन्धित रोगहरुको उपचार निःशुल्क हुने जानकारी दिए।

त्यस्तै रक्तरोग तथा रक्त क्यान्सर विशेषज्ञ डा.निरजकुमार श्रेष्ठले नेपालमै पहिलोपटक रगतजन्य अनुवांशिक रोगहरुको निःशुल्क उपचार सेवा सुरु भएसँगै हेमोफिलियाका बिरामीको परीक्षण र उपचार शूल्क नलाग्ने बताएका छन ।  

वीर अस्पतालमा मेडिकल अंकोरेजी, रेडियो थेरापी, क्यान्सरसँग रिलेटेड डिपार्टमेण्टको सहकार्यमा रगत र रगतक्यान्सरको उपचार गर्ने तथा बनम्यारो ट्रान्सप्लान्टसँग अघि बढने अस्पतालको योजना छ।

बाबुरामका सुझाव

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले लगानी बोर्डको ऐन संशोधन गर्न सुझाव दिएका छन् । 

आइतबार प्रतिनिधि सभा अन्र्तगतको अर्थ समिति र लगानी बोर्डसँग गरेको छलफलमा उनले कमजोर ऐनमा गठित बोर्ड अधिकार सम्पन्न नहुने भन्दै उनले ऐन संशोधन गरी बोर्डको नेतृत्वमा प्रधामन्त्रीपछिको दोस्रो बरियताको शक्तिशाली व्यक्तिले गर्ने व्यवस्था बनाउन उनले सुझाव दिएका हुन । 

नेकपा (एमाले)सांसद तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले समितिमा संधन रुपमा छलफल गरेर निर्णय नगर्नेलाई पनि कारबाही हुने कानून बनाउन आवश्यक भएको बताए । राजनीतिक पार्टीको विकासका योजनालाई अरु निकायको असहयोगका कारण राजनीतिक प्रतिबद्धता गफमा सीमित भएको उनले गुनासो गरे । 

त्यस्तै छलफलमा लगानी बोर्डका प्रमुख कार्यकारी निर्देशक शुशील भट्टले एकल विन्दु सेवा कार्यान्वयन गर्न नसकिएको बताएका छन्। बोर्डबाट एकल बिन्दु सेवा दिन खोज्दा कामले तिव्रता पाउन नसकेको उनको भनाई छ । 

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना विभिन्न क्षेत्रका विज्ञ राखेर थप अध्ययन गर्न लागिएको बताइएको छ । विगतमा लगानीकर्ता नआउँदा र परियोजनाको विषयमा विवाद भएकाले ढिला भएको भट्टले जानकारी दिएका हुन । 

बोर्डमा अनलाइन सेवा 

वैदेशिक रोजगार बोर्डले विदेशमा मृत्यु र अंगभंग भएका श्रमिककका परिवारलाई दिइने क्षतिपूर्ति समबन्धी सेवा अनलाइन प्रणाली मार्फत दिने भएको छ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार बोर्डले विदेशमा मृत्यु र अंगभंग भएका श्रमिककका परिवारलाई दिइने क्षतिपूर्ति समबन्धी सेवा अनलाइन प्रणाली मार्फत सुरु भएको घोषणा गरेका हुन्। क्षतिपूर्ति लिन अनलाइनबाटै आवेदन दिएर सिधै बैंक खातामा भुक्तानी लिन सकिने व्यवस्था लागु भएको भन्दै मन्त्री श्रेष्ठल पीडित श्रमिक र उनीहरूको परिवारलाई क्षतिपूर्ति र बीमा रकम पाउन सहज हुने विश्वास व्यक्त गरे। 

त्यस्तै मन्त्री श्रेष्ठले लाइसेन्स प्राप्त मेनपावरहरुले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई ठगी गरेको वा दुख दिएको थाहा पाए तत्काल कडा कारबाही गरिने चेतावनी दिए। अहिले ३५ वटा मेनपावर कम्पनीहरुको अनुसन्धान गरिरहेको उनको भनाइ छ। 

मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन वैदेशिक ऐन २०६४ संशोधन गर्ने तयारी भइरहेको समेत जानकारी दिएका थिए। 

महानगरमा आकांक्षी

स्थानीय तहको निर्वाचन आउन ४६ दिन मात्र बाकी रहँदा विराटनगर महानगरको उम्मेदवार हुनका लागि नेताहरूले माथिल्लो कमिटीमा आफ्नो पक्षमा तीव्र लबिङ पनि बढाएका छन्।

निर्वाचन नजिकिएसँगै महानगरको नेतृत्वका लागि नेपाली कांग्रेस, एमाले, जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रका एक दर्जन बढी नेता मुख्य दाबेदार देखिएका हुन्।

महानगरको प्रमुखका लागि दाबी गर्नेमा पूर्वमन्त्री, केन्द्रीय नेतासमेत रहेका छन्। प्रमुख पदमा दाबी गर्ने नेताको संख्या कांग्रेसबाट बढी देखिएको छ।  कांग्रेसबाट वर्तमान महानगर प्रमुख भीम पराजुलीसहित केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य  अमृत अर्याल र प्रतिनिधि सभा सदस्य डा। डिला सङ्ग्रौला,  मोरङ कांग्रेसका उपसभापति नागेश कोइराला र विराटनगर महानगर उपप्रमुख इन्दिरा कार्की, तत्कालीन विराटनगर नगरपञ्चायतका पूर्व प्रधानपञ्च रामकृष्ण भट्टराईको नाम चर्चा छ।  

वर्तमान महानगरप्रमुख पराजुलीले पनि एक पटक दोहोर्‍याउने संकेत गरेका छन्। 

विराटनगर महानगर प्रमुखका लागि एमालेबाट चार जना आकांक्षी देखिएका छन्। एमालेबाट केन्द्रीय सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरे, महानगरकमिटी अध्यक्ष सागर थापा, केन्द्रीय सदस्य रामलाल साह र एमाले मोरङ जिल्ला उपाध्यक्ष बाबुराम कार्की महानगर प्रमुख पदका लागि आकांक्षी देखिएका छन्।

जनता समाजवादी पार्टीबाट पनि प्रमुख पदका लागि पार्टी अध्यक्ष उपेन्द्र यादवका छोरा सहित चार जनाको चर्चा छ। यादव बाहेक जसपा नेता अशोक राईले विराटनगर महानर पालिकाका पूर्वउपप्रमुख भूराज राई र नेता डा। बाबुराम भट्टराईले भरत दाहालको नाम अघि सारेका छन ।  

विराटनगर महानगरको प्रमुखका लागि नेकपा माओवादी केन्द्रमा पनि तीन जनाको दाबी देखिएको छ। नेताहरू भोगेन्द्र यादव, नमिता न्यौपाने र नवीन पौडेलको दाबी देखिएको छ । 

नेपालको जित

टी-२० त्रिदेशीय सिरिजको उद्घाटन खेलमा नेपालले पपुवा न्युगिनी विरुद्ध १५ रनको जित निकालेको छ। १८४ रनको लक्ष्य पाएको पपुवा न्युगिनीलाई १६८ रनमा रोक्दै नेपालले जित निकालेको हो। 

कीर्तिपुरको टियू क्रिकेट मैदानमा जारी प्रतियोगिताको उद्घाटन खेलमा नेपालले जितसहित सुखद सुरुआत गरेको हो। नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ४३ रन बनाए।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पुरा ओभर खेल्दै ९ विकेट गुमाएर १८३ रन बनाएको थियो। जवाफमा पीएनजीले १९ ओभर दुई बलमा सम्पूर्ण  विकेट गुमाएर १६८ रन मात्र जोड्न सकेको हो। ।

पहिलो पारीअन्तर्गत नेपालले पहिलो १० ओभरमा सानदार प्रदशर्न गरे पनि पछिको १० ओरमा सम्हालिएर खेल्न सकेन। खेलमा १० ओभर सकिँदा नेपालले एक विकेट गुमाएर ८६ रन बनाएको थियो।

पीएनजीका लागि चार्ल अमिनी, चाड सुपर र अलेई नाओले समान २-२ विकेट लिए भने नोर्मम वाउना र रिलेय हेकुरेले समान १–१ विकेट लिए भने कुशल रनआउट भएका थिए।

नेपालका लागि करण र सन्दीपले समान ३–३ विकेट लिए भने अभिनाष बोहरानले दुई र सोमपाल कामीले एक विकेट लिएका थिए।

प्रकाशित: Mar 28, 2022| 20:03 सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।