सोमबार, असोज २१, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • सात अर्बको टेन्डर रद्द गर्दै पूर्वाधार विकास प्राधिकरणका सीईओले राजीनामा दिए

Siddartha premir insuranceSiddartha premir insurance

सात अर्बको टेन्डर रद्द गर्दै पूर्वाधार विकास प्राधिकरणका सीईओले राजीनामा दिए

करिब ७ अर्ब रुपैयाँ लागतमा बन्ने बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि गरिएको टेन्डर सोमबार नै रद्द गरिएको प्राधिकरणले जनाएको छ।
 |  सोमबार, चैत १४, २०७८
nespernesper

विनोद परियार

विनोद परियार

सोमबार, चैत १४, २०७८

बुटवल– लुम्बिनी प्रादेशिक अस्पताल बुुटवलको नयाँ भवनको टेन्डरमा मिलेमतो भएको भन्दै आलोचना भइरहेका बेला प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेले राजीनामा दिएका छन्। घिमिरेले सोमबार टेन्डर रद्द गर्दै पदबाट राजीनामा दिएका हुन्।

triton college

करिब ७ अर्ब रुपैयाँ लागतमा बन्ने बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि गरिएको टेन्डर सोमबार नै रद्द गरिएको प्राधिकरणले जनाएको छ। १२ सय बेडको १० तले भवन निर्माणको लागि गत फागुन ८ गते र चैत २ गते गरी दुई पटक आह्वान गरिएको टेन्डर सार्वजनिक खरिद ऐनको दफा ३६ को उपदफा १ (ग) बमोजिम सोमबारको  निर्णय अनुसार रद्द गरिएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका सीईओ घिमिरेले बताए।

टेन्डरमा आर्थिक चलखेलका लागि दुई निर्माण कम्पनी बाहेक अरूले प्रतिस्पर्धा गर्न नपाउने गरी सरकारले स्पेसिफिकेसन बनाएर ‘सेटिङ’ मिलाएको निर्माण व्यवसायीको दावी थियो। स्पेसिफिकेसनको मापदण्ड अनुसार रमेश शर्माको जेडआइइसी–शर्मा र रसुवाका कांग्रेस सांसद मोहन आचार्यको रसुवा जेभी मात्र टेन्डरमा सहभागी भएका थिए। मुख्यमन्त्री कुलप्रसाद केसी अध्यक्ष रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरण समितिको २०७८ फागुन २ गतेको निर्णय अनुसार फागुन ८ गते टेन्डर गरिएको थियो।

प्रमुख कार्यकारी अधिकृत घिमिरेले सोमबार विज्ञप्ति समेत जारी गर्दै ‘दलालको दलाल’ बन्नु नपर्ने निर्णय सहित सार्वजनिक खरिद ऐन २०६३ को दफा २४ बमोजिम लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का रद्द गरिएको उल्लेख गरेका छन्। ‘म गम्भिर भै सोचेँ– ७ सय  करोडको ठेक्कामा प्रतिस्पर्धा हुँदा र नहुँदा राज्यलाई करिब १ सय ५० करोडको क्षति हुन सक्ने अनुमान सहित ‘देशप्रति गद्धारी गर्नु भन्दा मान्छे मात्र भएर बस्नु उचित ठाने र ठेक्का रद्द गरेँ’ उनले विज्ञप्तिमा भनेका छन्।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत घिमिरेले टेन्डर रद्द गरेर राजीनामा दिइनुले सरकारका मुख्य व्यक्तिहरुको संलग्नता हुनसक्ने आशंकालाई बल पुुगेको छ।  उनले लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवनको टेन्डरमा जम्मा २ वटा निर्माण व्यवसायीले मात्रै वोलपत्र दर्ता गरेको सूचित भएपछि पनि कार्यालयले सो जानकारी सम्बन्धित निकायलाई दिएको उल्लेख गरेका छन्।

Metro Mart
vianet

‘सुरु मितिदेखि केही संकुचित रहेको विषय आएपछि मिलेमतो हुन सक्ने आशंका बिच मैले सम्बन्धित निकायलाई पटक पटक अनुरोध गरेँ। पिपिएमओ तथा निर्माण व्यवसायी महासंघबाट ध्यानाकर्षण समेत प्राप्त भयो। अन्तमा जम्मा २ वटा निर्माण व्यवसायीले मात्रै बोलपत्र दर्ता गरेको सूचित भयो। उक्त समय पश्चात पनि कार्यालयले सो जानकारी सम्बन्धित निकायलाई दियो। हामीले सो दुई वटा निर्माण व्यवसायीलाई हार्डकपी पेश गर्न तीन दिनको समय दिइएको थियो। दुवै फर्मको हार्डकपी लिएर एक जना व्यक्ति दर्ता गर्न आउनु भयो। हामीलाई उक्त कार्यले थप मिलेमतोको आशंका पुष्टी गरायो,’ विज्ञप्तिमा उनले लेखेका छन्।

उनले शनिबारमात्रै मुख्मयन्त्री कुल प्रसाद केसीलाई लुम्बिनी प्रदेश स्थायी राजधानीको गुरुयोजना निर्माण गरी प्रदेश सरकारलाई हस्तान्तरण गरेका थिए। उनले आफूू काम गर्न आएको समेत विज्ञप्तिमा उल्लेख गरेका छन्। ‘मलाई साँच्चै इख थियो राजधानीको निर्माण गर्ने, मेरो कमजोरी भनेको इमानदारीता हो र स्पष्टता हो,’ उनले भनेका छन्। उनले दबाब थेग्न नसकेकाले टेन्डर रद्द गरेर बाहिरिएको बताएका छन्।  

घिमिरेले प्रकाश सपुुतको पिर गीतको ‘देश भन्नु त के रहेछ र चार किल्लाको माटो’ बोलको गीत सम्झँदै २०५६ सालदेखि आवद्ध पार्टी त्यागेको बताएका छन्। उनी माओवादी केन्द्रमा आबद्ध थिए।

सार्वजनिक खरिद अनुगमन कार्यालयले समेत टेन्डरका स्पेसिफिकेसनप्रति चासो देखाउँदै प्रादेशिक पूर्वाधार विकास प्राधिकरणलाई पत्र काटेको थियो। उक्त कार्यालयले ठेक्कामा ६ वटा त्रुटि फेला पारेको थियो।

१० जना अट्ने लिफ्ट, २ तले अण्डरग्राउण्ड (बेसमेन्ट) निर्माणको अनुभव, ठेकदारले काम गरेको सरकारी अस्पतालको कार्य अनुभव, १ अर्ब ७५ करोडको सर्टिफिकेट लगायतका विषय राखेर अरु कम्पनीहरुलाई प्रतिस्पर्धाबाट बाहिर राख्न खोजिएको ठहर खरिद अनुगन कार्यालयले गरेको थियो।

निर्माण व्यवसायीहरुले २० देखि ३० प्रतिशतसम्म घटेर काम लिनुपर्ने अवस्था रहेकोमा यो परियोजनामा मिलेमतो गरेर कम्तीमा १० प्रतिशत मात्रै चलखेल हुँदा पनि राज्यको ४५ करोड हिनामिना हुने निर्माण व्यवसायीको दावी छ। निर्माण व्यवसायीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नै यस्तो खालको स्पेसिफिकेसन राख्न लगाएर टेन्डर निकाल्न लगाएको आरोप लगाएका छन्। मुख्यमन्त्री समक्ष केसीले सोमबार नै राजीनामा दिएका छन्।

प्रदेश सरकारले बनाएको गुरुयोजना अनुसार १२ सय बेडको १० तलाको अस्पताल भवनको माथि हेलिप्याड समेत रहनेछ। हेलिप्याडबाट सिधै इमर्जेन्सीमा झर्ने लिफ्ट समेत बन्ने जनाइएको छ। 

प्रकाशित: Mar 28, 2022| 17:31 सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।