विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै बिहीबारदेखि तराईका ६ क्षेत्रीय विमानस्थलमा १८ घण्टा उडान गर्न लागिएको महानिर्देशक इञ्जीनियर प्रदीप अधिकारीले जानकारी दिए।
नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता झुक्याउन कांग्रेसको घोषणापत्रमाथि मनगढन्ते टिप्पणी गरेको बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टी सचिवालय सदस्यद्वय हेमन्तप्रकाश वली र धर्मेन्द्र बाँस्तोलालाई जिम्मेवारीबाट मुक्त गरेका छन्।
‘स्थानीय नेता कार्यकर्ताले मलाई राजनीतिमा फर्किनुपर्छ भनिरहेका थिए। म मौन बसेको थिएँ। पार्टीले शुक्रबार मेरो रुचि सोधेको थियो,' उनले भने, ‘परिवारसँग सल्लाह गरेपछि म ढुक्क भएर राजनीतिमा लाग्न तयार भएको...
जनताले कुनै पनि राजनीतिक दलको प्रलोभनमा नपरी आफ्नो क्षेत्रमा विकास र नेतृत्व दिन सक्ने उपयुक्त प्रतिनिधि छनोट गर्नुपर्ने परिपाटी विकास गर्न सके खर्चको पारदर्शीताको स्तर बढ्छ।