बिहीबार, कात्तिक १२, २०८३

डोटीमा ३४३ पदका लागि एक हजार ६९ जनाको उम्मेदवारी दर्ता

दिपायल सिलगढी नगरपालिकाको प्रमुखका लागि सात जनाको उम्मेदवारी परेको छ। उपप्रमुखका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन्।
 |  बुधबार, वैशाख १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १४, २०७९

डोटी- यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि डोटीका नौ स्थानीय तहका ३४३ पदका लागि एक हजार ६९ जनाको उम्मेदवारी दर्ता भएको छ। 

दिपायल सिलगढी नगरपालिकाको प्रमुखका लागि सात जनाको उम्मेदवारी परेको छ। उपप्रमुखका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन्। उक्त नगरपालिकाको नौ वडाध्यक्षका लागि ३७ जनाको उम्मेदवारी परेको छ भने खुला सदस्यमा ५६, महिला सदस्यमा २७ तथा दलित महिला सदस्यमा २८ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत बिदुर काफ्लेले जानकारी दिए। 

शिखर नगरपालिकाको प्रमुखमा पाँच र उपप्रमुखमा तीन जनाको उम्मेदवारी परेको छ। सो नगरपालिकामा ५७ पदमा १४८ जनाको उम्मेदवारी परेको छ। पूर्वीचौकी गाउँपालिकामा ३७ पदका लागि ११६, सायल गाउँपालिकामा ३२ पदका लागि ९६ जना, आदर्श गाउँपालिकामा ३७ पदका लागि १२० जना, केआइसिंह गाउँपालिकामा ३७ पदका लागि ११८ जना, बोगटान फुड्सिल गाउँपालिकामा ३७ पदका लागि ११५, बडिकेदार गाउँपालिकामा २७ पदका लागि ८२ जना तथा जोरायल गाउँपालिकामा ३२ पदका लागि ११५ जनाले उम्मेदवारी दर्ता गराएको स्थानीय तहमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयले जनाएका छन्।

डोटीमा सात पार्टीले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। डोटीका नौ स्थानीय तहमा कूल ६५ वडा छन्। 

माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी तालमेल गरेका छन्। पाँच स्थानीय तहको प्रमुखमा माओवादी केन्द्रले तथा चार स्थानीय तहमा एकीकृत समाजवादीले उम्मेदवारी दर्ता गराएका छन्। सबै पार्टी घरदैलो अभियानमा जुटेका छन्।  रासस

प्रकाशित: Apr 27, 2022| 13:30 बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...