बुधबार, असार १०, २०८३

विप्लव नेकपाका पार्टी सचिवालय सदस्यद्वय वली र बाँस्तोला पदमुक्त

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टी सचिवालय सदस्यद्वय हेमन्तप्रकाश वली र धर्मेन्द्र बाँस्तोलालाई जिम्मेवारीबाट मुक्त गरेका छन्।
 |  बुधबार, वैशाख १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १४, २०७९

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टी सचिवालय सदस्यद्वय हेमन्तप्रकाश वली र धर्मेन्द्र बाँस्तोलालाई जिम्मेवारीबाट मुक्त गरेका छन्। बुधबार विज्ञप्ति जारी गर्दै विप्लवले दुवैलाई पार्टी गतिविधिविरुद्ध लागेको भन्दै निस्कासित गरेका हुन्। 

National life

विप्लवले दुवैलाई जिम्मेवारी मुक्त गर्नुको कारण अराजक अन्तर्वार्ता दिएको, गुटबन्दी गरेको, पार्टीका मूल्यमान्यता भत्काएको आरोप लगाएका छन्। आफूले देखाएको संयमता र उदारतालाई कमजोरी ठान्ने काम वली र बास्तोलाबाट भएको उनको भनाइ छ।

बास्तोलाले पार्टीको तर्फबाट स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेकालाई फिर्ता हुन विज्ञप्ति जारी गरेका थिए। विप्लवले विज्ञप्तिमा त्यसबारे लेखेका छन्, ‘तत्कालको जटिल परिस्थितिमा पार्टी एकतामा बाधा नपरोस् भनेर नेतृत्वले संयमता अपनायो तर नेतृत्वको संयमता एवं उदारतालाई कमजोरीका रूपमा पकडेर आज सचिवालय सदस्य कञ्चन (बास्तोला)ले कुनै सम्पर्क नै नगरी सचिवालयको सदस्यको नामबाट वक्तव्य जारी गर्दै पार्टीले स्थानीय चुनावमा पठाएका देशभक्त, जनवादी स्वतन्त्र उम्मेदवारहरूलाई सहयोग गर्नुको सट्टा चुनावबाट फिर्ता हुनुपर्ने नभए कारबाही गर्ने जस्ता हदै गैरजिम्मेवार एवं हास्यास्पद वक्तव्य निकालेपछि स्थिति एकदमै गम्भीर बन्न पुग्यो।’

विप्लवले पार्टीभित्र वली र बास्तोलासँगको विवादको चुरो कुरा संगठनात्मक र आर्थिक मामिलामा कुरा नमिलेका र संघर्ष भएका विषय भएको उल्लेख गरेका छन्। वली पक्राउ पर्नुको कारण पार्टीको सुझाव विपरीत नजिक राखेका मान्छे भएको भन्ने पनि विज्ञप्तिमा उल्लेख छ।



Shivam cement


प्रकाशित: Apr 27, 2022| 12:39 बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...