बिहीबार, असार ११, २०८३

गठबन्धनविरुद्धका उम्मेदवारी फिर्ता गराउने शीर्ष नेताको निर्णय

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूले देशभर चुनाव तालमेलका लागि सात बुँदे निर्णय गरेका छन्।
 |  बुधबार, वैशाख १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १४, २०७९

काठमाडौं– सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूले देशभर चुनाव तालमेलका लागि सात बुँदे निर्णय गरेका छन्।

National life

आज बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले ६ वटा महानगर र ११ वटा उपमहानगरमा गठबन्धनविपरीत दिइएका उम्मेदवारी सम्बन्धित पार्टीले फिर्ता गर्ने निर्णय पनि गरेको छ। 

गठबन्धन दलभित्रका पार्टीका नेताहरूले स्वतन्त्र रूपमा दर्ता गरेका उम्मेदवारी फिर्ता गर्न सम्बन्धित पार्टीले आवश्यक कार्य गर्ने निर्णय पनि गरेका छन्। केन्द्रबाट भागबन्डा भएका ६ महानगर र ११ उपमहानगरका वडाको सिट बाँडफाँडका लागि आजै प्रदेश र जिल्ला संयन्त्रको बैठक बसेर समझदारी गर्ने निर्णय पनि भएको छ। 




प्रकाशित: Apr 27, 2022| 13:52 बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...