भरतपुर- भरतपुर महानगरपालिकाको मेयरका उमेदवार विजय सुवेदीले भरतपुर-२१ बाट घरदैलो अभियान सुरु गरेका छन्। नेकपा (एमाले)–राप्रपाबाट महानगरको मेयरमा उमेदवारी दिएका सुवेदीले मंगलबारदेखि घरदैलो अभियान सुरु गरेका हुन्।
घरदैलोका क्रममा सुवेदीले ज्येष्ठ नागरिकलाई ढोगेर आर्शिवाद लिएका छन् भने कांग्रेससँग सौहार्दता देखाएका छन्।
सुवेदीले मनोनयन दर्ता गर्नुअघि पनि वीपी कोइरालाको शालिकमा माल्यार्पण गरेर मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए। एमाले–राप्रपा गठबन्धनबाट महानगरको उपमेयरमा हिमाला गुरुङले उमेदवारी दिएकी छन्।