शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसको घोषणापत्रबारे ओलीको टिप्पणी जनता झुक्याउने निन्जा टेक्निक : पौडेल

कांग्रेसको घोषणापत्रबारे ओलीको टिप्पणी जनता झुक्याउने निन्जा टेक्निक : पौडेल

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता झुक्याउन कांग्रेसको घोषणापत्रमाथि मनगढन्ते टिप्पणी गरेको बताएका छन्।
 |  बुधबार, वैशाख १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १४, २०७९

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता झुक्याउन कांग्रेसको घोषणापत्रमाथि मनगढन्ते टिप्पणी गरेको बताएका छन्।

उनले ओलीले कांग्रेसको चुनावी घोषणापत्रमाथि गरेको टिप्पणीलाई मनगढन्ते, जनता झुक्याउन र लाज छोप्न रचिएको ‘निन्जा टेक्निक’ को संज्ञा दिएका छन्। 

राजनीतिक मर्यादाको सामान्य हेक्का नराखी खर्चिएका शब्दहरु कुण्ठाको पराकाष्ठा भएको बताउँदै नेता पौडेलले ओलीले आफ्नो सरकारले गरेका काण्डहरुलाई जति बचाउ गर्यो उति नाङ्गिदै जाने पनि जिकिर गरेका छन्। 

‘कांग्रेस घोषणापत्रको बारेमा ओलीको मनगढन्ते टिप्पणी जनता झुक्याउन र लाज छोप्न रचिएको निन्जा टेक्निक हो। राजनीतिक मर्यादाको सामान्य हेक्का नराखी खर्चिएका शब्द कुण्ठाका पराकाष्ठा हुन्,’ उनले ट्विटरमा लेखेका छन्, ‘आफ्नो सरकारले गरेका काण्डहरुलाई जति बचाउ गर्छन् उति नाङ्गिदै जान्छन्। सस्ता कुराले रक्षात्मक बनाउँछ।’

प्रकाशित: Apr 27, 2022| 12:47 बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...