आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • प्रजातन्त्रवादी नेतृ सुकीलाई भ्रष्टाचार मुद्दामा ५ वर्ष कैद सजाय

प्रजातन्त्रवादी नेतृ सुकीलाई भ्रष्टाचार मुद्दामा ५ वर्ष कैद सजाय

म्यानमारी अदालतले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई थप ५ वर्षको जेल सजाय सुनाएको छ।
 |  बुधबार, वैशाख १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १४, २०७९

न्यापितअ (म्यानमार)- म्यानमारी अदालतले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई थप ५ वर्षको जेल सजाय सुनाएको छ। उनालई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै जेल सजाय सैनिक शासन रहेको अदालतले जेल सजाय थप गरिएको हो। 

National life

७६ वर्षीया सुकीमाथि नगद र सुनमार्फत करिब ६ लाख डलरबराबरको घुस लिएको आरोपमा दोषी करार गरिएको हो। राजधानी न्यापितअस्थित अदालतले बन्द कोठाभित्रको सुनुवाईपछि उक्त सजाय सुनाएको हो। २०२१ को फेब्रुअरीयता सुकी घरमा नै नजरबन्दमा रहँदै आएकी छिन्। 

उता सुकीले भने आफूमाथि झुटा आरोप लगाएर मुद्दा चलाइएको बताएकी छन्। गत वर्ष फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएपछि सुकीलाई सञ्चारमाध्यमसँग पनि कुरा गर्ने अधिकार छैन। 

यसअघि गत डिसेम्बरमा सुकीलाई कोभिड नियम उल्लंघन गरेको आरोपमा ६ वर्षको जेल सजाय सुनाइएको थियो। अदालतको पछिल्लो निर्णयसँगै सुकीले अब ११ वर्ष जेल बस्नुपर्ने भएको छ। 

सैनिक सरकारले  सुकीमाथि थप १० वटा भ्रष्टाचारका मुद्दा लगाएको छ। 

kumari

प्रकाशित: Apr 27, 2022| 14:09 बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।