बुधबार, वैशाख २६, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • पत्रकारिता र लेखनमा रमाएका गिरिश भन्छन्- वीरगञ्ज बदल्न मेयरमा उम्मेदवारी दिएँ

पत्रकारिता र लेखनमा रमाएका गिरिश भन्छन्- वीरगञ्ज बदल्न मेयरमा उम्मेदवारी दिएँ

‘स्थानीय नेता कार्यकर्ताले मलाई राजनीतिमा फर्किनुपर्छ भनिरहेका थिए। म मौन बसेको थिएँ। पार्टीले शुक्रबार मेरो रुचि सोधेको थियो,' उनले भने, ‘परिवारसँग सल्लाह गरेपछि म ढुक्क भएर राजनीतिमा लाग्न तयार भएको हुँ। मेरो सहर वीरगञ्जबासीलाई चाहिने सेवा सुविधा उपलब्ध गराउने सोचका साथ होमिएको हुँ।’
 |  बुधबार, वैशाख १४, २०७९

राज सरगम

राज सरगम

बुधबार, वैशाख १४, २०७९

काठमाडौं- पत्रकारिता, पुस्तक लेखन र वृत्तचित्र निर्माणमा परिचित नाम हो- गिरीश गिरी। अब उनले आफ्नो परिचयको दायरा विस्तार गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएसँगै उनको परिचयमा नामअघि  आउने विशेषण थपिएको छ। 

triton college

पत्रकारिता पेसामा तीन दशक बिताएका गिरीश राजनीतिबाट टाढा थिएनन्। तीन पुस्ते पारिवारिक पृष्ठभूमि पनि स्थानीय राजनीतिमा नै सक्रिय भएकाले उनले पर पार्दापार्दै  पनि राजनीति नजिक भएरै आउँथ्यो उनको हकमा। 

राप्रपाबाट मेयरको प्रत्यासी बनेका गिरीशका हजुरबुवा विष्णु गिरी २०२४ सालतिरै वीरगञ्जमा वडाअध्यक्ष भएर काम गरेका थिए। उनका बुवा गोपाल गिरी वडाअध्यक्ष हुँदै २०६० सालमा वीरगञ्जको मेयर बनेका थिए।  मेयर बनेको ठीक ६ महिनापछि उनका बुवालाई माओवादीले वीरगञ्जको बाइपास सडकखण्डमा बोलाएर गोली हानी हत्या गरेको थियो। ५ लाख चन्दा नदिएपछि गिरीका बुवालाई माओवादीले गोली हानी ज्यान लिएको थियो। 

वीरगञ्जको स्थानीय राजनीतिमा गिरी परिवारको यो विरासतलाई अघि बढाउने जिम्मा गिरीशको काँधमा थियो। तर त्यसलाई टार्दै उनी लामै समय पत्रकारितामा रमाए। उम्मेदवार बनेपछि गिरीशले आफ्ना बुवाको सपना पूरा गर्न चाहेका छन्। ‘वीरगञ्जलाई जीवन्त सहर बनाउने सपना देखेको छु,' उनी भन्छन्। 

गत शनिबार बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बैठकले गिरीशलाई मेयर उम्मेदवार बनाउने निर्णय गरेको थियो। उम्मेदवार बनेपछि उनीमाथि ‘बुवाको विरासत थाम्न’ राजनीति थालेको टिप्पणी हुन थालिसकेको छ। तर, उनी त्यसको खण्डन गर्दै भन्छन्, ‘बाउबाजेको 'लिगेसी'का  कारण मात्रै राजनीतिमा प्रवेश गरेको होइन। वीरगञ्ज मेरो पनि सहर हो। यसलाई सुन्दर बनाउन मेरो पनि कर्तव्य हुन्छ। आम नागरिकको तहबाट पूरा गरेका जिम्मेवारीभन्दा मेयर बनेर अझ धेरै योगदान दिन सकिन्छ भनेर उम्मेदवारी दर्ता गराएको हुँ।'

corrent noodles
Metro Mart

नेपाल-भारतको सीमा, नेपालकै ठूलो भन्सार नाकाका कारण यो सहरको गुरुत्व बढी छ। आर्थिक राजधानीको पगरी गुथेको सहरलाई बस्न योग्यसँगै आधुनिक बनाउने जमर्को स्वरुप  उम्मेदवारी दिएको उनको भनाइ छ।  

बाल्यकालमा गिरीशले स्थानीय सरकारी स्कुलमा पढे। सीडीओको छोराछोरी र रिक्साचालकका छोराछोरी सँगै पढ्थे  उनी। अहिले सबै वर्गका विद्यार्थी सँगसँगै पढ्न पाउँदैनन्। त्यो समानता हरायो। सामाजिक असमानताले पिरोल्छ उनलाई।

‘यही वीरगञ्जमा सरकारी स्कुलमा पढ्थेँ म। सीडीओको छोराछोरीदेखि रिक्सा हाँक्नेसम्म बालबालिका विद्यार्थी एउटै बेन्चमा बसेर पढिन्थ्यो। तर आजको समाजवाद उन्मुख मुलुकमा जन्मिने बित्तिकै वर्गीय  विभेद गर्न सिकाइन्छ। त्यो भनेको समाजवाद होइन। कागजमा र नारामा के लेखिएको छ भन्नेले फरक पर्दैन। काम गर्ने हो, र काम गर्न स्थानीय राजनीतिमा आएको हुँ,’ उनले भने।

लेखेर समाज रूपान्तरण गर्नु र राजनीतिबाट समाज रूपान्तरण गर्नुमा आकाशपातलको फरक लाग्न थालेको छ उनलाई। लेखनमा लेखक स्वतन्त्र हुन्छ। तर, राजनीतिमा त्यो असम्भव छ।

गिरीशले वीरगञ्ज सहरभित्र हुने राजनीतिलाई आफ्नो पुस्तक ‘वीरगञ्ज’मा उठाएका पनि छन्। 

‘स्थानीय नेता कार्यकर्ताले मलाई राजनीतिमा फर्किनुपर्छ भनिरहेका थिए। म मौन बसेको थिएँ। पार्टीले शुक्रबार मेरो रुचि सोधेको थियो,' उनले भने, ‘परिवारसँग सल्लाह गरेपछि म ढुक्क भएर राजनीतिमा लाग्न तयार भएको हुँ। मेरो सहर वीरगञ्जबासीलाई चाहिने सेवा सुविधा उपलब्ध गराउने सोचका साथ होमिएको हुँ।’

कान्तिपुर, सेतोपाटी, देशसञ्चारजस्ता सञ्चारगृहमा जोडिएर गिरीशले ३० वर्ष पत्रकारिता गर्दा धेरैसँग प्रश्न गरे। भुइँमान्छेका कथा लेखे। पुस्तकमार्फत् सपनाको संसार उभ्याए। लेखनमा स्थापित गिरीश अबको स्थानीय राजनीतिमा स्थापित होलान् त? भन्ने प्रश्न उब्जिएको छ। र, उनी प्रश्न सोध्ने ठाउँबाट जवाफ दिने ठाउँमा पनि पुगेका छन्। ‘प्रश्नहरूको उत्तर दिने ठाउँमा म पुग्दैछु। उत्तर दिन सक्ने गरी मैले आफूलाई तयार पारेको छु,’ उनले भने । 

आम जनताको जिज्ञासालाई चित्तबुझ्दो उत्तर राजनीतिमार्फत् दिन गाह्रै हुन्छ। तर, गिरीश आफूलाई कस्तो उत्तर दिने भन्ने उदाहरण बन्न चाहेको बताउँछन्। 

हालै शताब्दी पुरूष सत्यमोहन जोशीको आत्मकथा ‘सत्यमोहन’ लेखेका छन् उनले। एक सपना देख्न सिकाउने लेखक अबको स्थानीय राजनीति यात्रामा वीरगञ्जमाथि देखेको सपना पूरा गर्न सक्लान् त? उनी भन्छन्, ‘जसले सपना देख्छ उसैले काम गरेर देखाउन सक्छ। यो संसार सपना देख्नेहरूले नै काम गरेर बनेको भन्ने लाग्छ मलाई।’ 

वीरगञ्ज राष्ट्रिय, अन्तर्राष्ट्रिय व्यापारिक ‘हब’ हो। काठमाडौं पछि अन्य सहर हेर्ने हो भने पुरानो सहरमा वीरगञ्ज नै पर्छ। पुरानो सहर भएकाले पनि समृद्धि यो सहरमा देख्न सकिन्थ्यो। शिक्षामा पनि ठूलै फड्को मारेको थियो, वीरगञ्जले। व्यापारिक नाका र सीमासँग जोडिएको सहर भएकोले पनि जोखिम पनि नबढेको होइन। गिरीशका अनुसार वीरगञ्ज महानगर त भयो। तर, अत्यावश्यक संरचनाको निर्माण गर्न नसकेकोले वीरगञ्ज भौतिक पूर्वाधारमा अगाडि बढ्न सकेन। 

‘वीरगञ्ज महानगर बनाइयो मात्रै। तर नगर बराबरको पूर्वधार छन् त भन्ने प्रश्न आउँछ। शिक्षा, स्वास्थ्य र पूर्वाधार मुख्य ऐजन्डा हो मेरो’, उनी भन्छन्, ‘अब हामीले वीरगञ्जलाई कंक्रिटतर्फ होइन प्रकृतितिर फर्काउनुपर्छ। यो सहर हरियाली पनि हुनुपर्छ।’

२०४६ सालपछि वीरगञ्जकै ठाकुरराम क्याम्पसमा अखिलको राजनीति गरेका थिए गिरीशले। त्यसपछि २०६२/६३ सालको आन्दोलनमा सडकमा उत्रिनुबाहेक गिरीशको राजनीतिमा संलग्नता खासै थिएन। 

स्थानीय राजनीतिमार्फत् वीरगञ्जबासीसँग जोडिएका महत्वपूर्ण आश्यकतालाई पूरा गर्ने लक्ष्य लिएका छन् गिरीशले। भन्छन्, ‘इमान्दारपूर्वक काम गर्छु। नगरलाई शीरमा राख्छु र नगरवासीको करको एकएक पैसाको हिसाब राखेर काम गर्छु।’

राष्ट्रिय प्रजातन्त्र पार्टी राजतन्त्रको संरक्षण गर्छ। यो पार्टीले राजतन्त्र बोकेर हिँडेको छ। राजावादी भएकै कारणले माओवादीले गोपाल गिरीमाथि गोली चलायो भन्ने कुरा वीरगञ्जमा आज पनि सुन्न पाइन्छ। अहिले उनका शुभचिन्तकको सुझाव थियो- गिरीशले पुरानै पार्टीबाट राजनीति गर्न हुँदैनन्थ्यो। पार्टी प्रवक्ता मोहन श्रेष्ठले बुवाको बिँडो थाम्न उनलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको बताइसकेका छन्। 

गिरीश यो कुरामा अनकनाउँछन्। काम पार्टीले गर्ने होइन भन्ने लाग्छ उनलाई। र उनलाई राप्रपा आफैँमा नराम्रो पनि होइन भन्ने लाग्छ। राजनीति गर्न कुनै न कुनै पार्टी त चाहिन्थ्यो नै। आफूले पनि स्थानीय निर्वाचन गर्नका लागि एउटा पार्टी र संगठन चाहिएकोले अवसर नगुमाएको बताए। र, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भनिरहने, ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हो,' नारा गिरीशले दोहोराए। उनी भन्छन्, ‘लोकतन्त्रमा सबैभन्दा खतरा महँगो निर्वाचन हो। यो महँगो निर्वाचनबाट हटेर यदि कोही अगाडि बढेको छन्, यही राप्रपा हो।’ 

धर्मनिरपेक्षता र हिन्दू राज्यलगायतका विषयमा खास खुल्न चाहँदैनन् उनी। बरु वीरगञ्जलाई सुन्दर बनाउने सपनाका कुरा गर्न रुचाउँछन्। ‘धर्मनिरपेक्षता र हिन्दू राज्यका कुरा विधान बनाउने स्थानमा पुगेपछि भनौंला। तर अहिले मेरो ध्यान वीरगञ्जको विकासमै छ,’ उनले भने। 

प्रकाशित: Apr 27, 2022| 11:31 बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।