बिहीबार, कात्तिक १२, २०८३

टेलिकमको सीआरबीटीमा राखियो चुनावको सन्देश

नेपाल टेलिकमले आफ्नो कलर रिङब्याक टोन (सीआरबीटी) परिवर्तन गरेको छ। आज बुधबारदेखि नेपाल टेलिकमका प्रयोगकर्ताले फोन गर्दा चुनावी सन्देश सुन्नु पर्नेछ।
 |  बुधबार, वैशाख १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १४, २०७९

काठमाडौं– नेपाल टेलिकमले आफ्नो कलर रिङब्याक टोन (सीआरबीटी) परिवर्तन गरेको छ। आज बुधबारदेखि नेपाल टेलिकमका प्रयोगकर्ताले फोन गर्दा चुनावी सन्देश सुन्नु पर्नेछ।

निर्वाचन आयोगले यही वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनका लागि सीआरबिटी राखेको हो। निर्वाचन आयोगको अनुरोधमा मतदाता शिक्षा दिनको लागि कलर रिङ ब्याक टोन राखिएको हो। 

हाल नेपाल टेलिकमबाट सुरु भएको सीआरबीटी अन्य सेवा प्रदायकबाट पनि सुचारु गर्न पहल भइरहेको आयोगले जनाएको छ।

यसअघि टेलिकमले कोरोना भाइरस महामारीका बेला जनचेतना फैलाउन सन्देशमूलक सीआरबिटी राखेको थियो।  

प्रकाशित: Apr 27, 2022| 11:56 बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...