शनिबार, मंसिर १३, २०८२

एमालेका वडाअध्यक्ष रमेश नेपालसहित नौ जनाविरुद्ध उजुरी दर्ता

एमालेबाट बुटवल-२ मा उम्मेदवारी दर्ता गराएका वडाअध्यक्षका उम्मेदवार रमेश नेपालविरुद्ध उजुरी परेको छ।
 |  बुधबार, वैशाख १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १४, २०७९

बुटवल- एमालेबाट बुटवल-२ मा उम्मेदवारी दर्ता गराएका वडाअध्यक्षका उम्मेदवार रमेश नेपालविरुद्ध उजुरी परेको छ।

National life

२०७६ साल भदौ २१ गते नेपालले आत्महत्या गर्ने प्रयास गरेर अपराध गरेको तथा अख्तियारमा मुद्दा रहेको भन्दै उजुरी परेको छ। 

आत्महत्यालाई गर्नु अपराध सरह हुने भन्दै स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार वडाअध्यक्ष नेपालविरुद्ध उजुरी परेको हो। 

२०७४ सालको निर्वाचनमा नेपाल एमालेबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए। उनले सोमबार पुन: एमालेबाटै दोस्रो कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिएका हुन्।

बुटवल उपमहानगरमा नेपालसहित पाँच जना वडाअध्यक्षविरुद्ध उजुरी परेको निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ। निर्वाचन कार्यालयका अनुसार नेपाली कांग्रेसबाट बुटवल ११ को वडाअध्यक्षमा उम्मेदवारी दिएका जीतबहादुर मल्ल प्रगतीनगर खानेपानी तथा सरसफाई संस्था तथा विद्युत सहकारी संस्थामा अध्यक्ष भएको भन्दै उजुरी परेको हो। 

Laxmi sunrise bank
kumari

यसैगरि कांग्रेसबाटै वडा नम्बर ४ मा उम्मेदवारी दिएका नरिश्वर शर्मालाई टोल विकास संस्थाको अध्यक्ष भएको भन्दै उजुरी परेको छ। 

त्यसैगरि अन्य वडाअध्यक्ष र सदस्यहरुलाई टोल समिति, बस्ती विकास समिति र आर्थिक दुरुपयोग गरेको भन्दै उजुरी परेको हो। बुटवल निर्वाचन अधिकृतको कार्यालले मंगलबार साँझ ५ बजेसम्म उजुरी गर्ने समय तोकेको थियो।

स्थानीय तह निर्वाचन ऐन २०७३ मा को परिच्छेद–४ को १२ र १३ अनुसार निर्धारित योग्यता नपुगेको भए उम्मेदवारी दिएकाविरुद्ध उजुरी दिन सकिने व्यवस्था छ।

परेका उजुरी उपर बुधबार र बिहीबार जाँझबुझ गर्ने बुटवल निर्वाचन कार्यालयका प्रमुख लेखनाथ पौड्यालले बताए।

प्रकाशित: Apr 27, 2022| 11:05 बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।