चितवन- चितवनमा नेकपा(एमाले) रत्ननगरले बुधबारदेखि रत्ननगर को सुकुम्वासी बस्तीबाट घरदैलो अभियान सुरु गरेको छ। एमालेबाट रत्ननगरको मेयरका उमेदवार विमला दुवाडी र उपमेयरका उमेदवार यादव पाठक सहितको टोलीले घरदैलो सुरु गरेको हो।
टोलीले रत्ननगर-३ लौरीघोल स्थित सुकुम्वासी बस्तीबाट घरदैलो सुरु गरेको एमाले नगर अध्यक्ष इश्वरी प्रसाद अर्यालले जानकारी दिए।
मेयरको उमेदवार महिला पाएपछि स्थानीय महिलाहरु उत्साहित देखिएकाछन्। उनीहरुले महिलाको समस्या समाधानको लागि नेतृत्व तहमा महिलानै हुनुपर्ने भन्दै मेयरको उमेदवार दुवाडीलाई जीतको लागि शुभकामना दिएका छन्।